विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कर्णाली जलस्रोत लिमिटेडले ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले म्याग्दी जिल्लामा पहिचान भएको उक्त आयोजनाकाे निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको हो । 

गण्डकी प्रदेश, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका भएर बग्ने स्यानो खोलामा पहिचान भएको स्यानो खोला जलविद्युत आयोजना निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अध्ययन पुरा भएको आयोजनाको निर्माण पूर्वकाे काम सकिन लागेकाे छ। विभागले अनुमति दिने लगतै वित्तिय व्यवस्थापन गरेर सिभिलकाे काम सुरु हुनेछ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ । 

राय/सुझाव विभाग वा प्रवर्द्धक कम्पनीको कार्यालमा प्राप्त हुने गरी पठाउनु पर्ने विभागले जनाएको छ । आयोजना नदी प्रहावमा आधाति (रन अफ रिभर) प्रकारको भएको र यसको जडित क्षमता ४.७५ मेगावाट हुनेछ । 

आयोजनाको डिजाइन वहाव २.३५ घनमिटर प्रति सेकेण्ड र कूल हेड २४५.९६ मिटर हुने अध्ययनले देखएको छ । यस आयोजनाबाट वार्षिक सरदर २८.२० गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनाको मुख्य संरचनाहरू स्यानो खोलाको दायाँ किनारामा पर्दछन् । खोलामा बाँध बाँधी खोलाको दायापट्टि निर्माण हुने इन्टेक पाइपबाट पानी फर्काई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै विद्युतगृहमा लगिनेछ र तत्पश्चात टेलरेस मार्फत पानीलाई स्यानो खोलामा पठाइनेछ । 

२७.६५ मिटर लम्बाई, १८ मिटर चौडाई भएको विद्युतगृहमा २ वटा २.५१० मेगावाट क्षमताको होराइजेन्टल पेल्टन टर्वाइनहरूमा पानी खसाली सो टर्वाइनसँग जोडिएको दुईवटा एमभिएको ३ फेज जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

विद्युत उत्पादनपछि ५० मिटर लम्बाई, १ं५ मिटर चौडाई र १.५ मिटर गहिराई भएको टेलरेस क्यानलबाट पानीलाई पुनः स्यानो खोलामा पठाइनेछ । उत्पादित ऊर्जालाई विद्युतगृहकाे स्वीचयार्डमा जोड्न ६.५ एमभिएको पावर ट्रान्सफर्मरबाट २० किलोमिटर लामो ३३ केभी प्रसाराण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit