विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारका मुख्यसचिव शंकरदास बैरागीले निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना तोकिएको समयमानै सम्पन्न गर्न निर्देशन दिएका छन् । परियोजनाको उत्पादन तर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिको सम्बन्धमा शुक्रबार (कात्तिक ४ गते) एक उच्चस्तरीय अनुगमन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

भ्रमणका क्रममा आयोजीत छलफल कार्यक्रममा बोल्दै बैरागीले अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यान्वनयमा आउने अवरोध, समस्या समाधान तथा सहजीकरणका लागि सबै निकायलाई निर्देशन दिएका छन् । उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजनाहरू तोकिएको समयमै कार्यान्वयन गर्न समेत निर्देशन दिए ।

यस्तै, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले अरुण तेस्रो प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमुना परियोजना रहेको चर्चा गर्दै यसलाई बिना अवरोध प्रभावकारी रूपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए ।

‘परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने हुँदा छिटोछरितो ढंगले परियोजना सम्पन्न गर्न सबै सरोकारवालाले आवश्यक सहयोग गर्नुपर्छ’ उनले भने । 

भ्रमणमा सरकारका सचिवहरू, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत उच्चपदस्थ अधिकारीहरू तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधी समेतको सहभागिता थियो ।

भ्रमणका क्रममा परियोजनाको बाँधस्थल, विद्युत गृह, प्रसारण लाइन क्षेत्रसमेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग संखुवासभा र धनुषामा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit