विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत मिटर रिडिङ कार्य बन्द गरेको छ । कोरोना महामारीको उच्च जोखिमका बेला ग्राहकको घर–घरमा पुग्न सम्भव नभएको भन्दै अनिश्चित कालका लागि मिटर रिडिङ  कार्य बन्द गरेको हो ।

मिटर रिडिङमा खटिने कर्मचारीमा कोरोना संक्रमण हुने जोखिम उच्च भएपछि ग्राहकको घर–घरमा नपठाउने निर्णय भएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । ‘स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मिटर रिडिङ नगर्ने निर्णय भएको छ,’ उनले भने, ‘निशेधाज्ञा अवधिभर प्राधिकरणले ग्राहकको घर–घर पुगेर विद्युतको बिल दिने छैन ।’

उनले मिटर रिडिङ नहुँदा जेठ महिनाको विद्युत महसुल अघिल्लो महिनामा खपत भएको युनिटका आधारमा असुल गरिने बताए । उनले अघिल्लो महिनाको खपत युनिट बराबर विद्युत महसुलको  बिलको विवरण ग्राहकलाई पठाइसकेकाले जेठ महिनामा सोही आधारमा भुक्तानी गरिदिन आग्रह समेत गरेका छन् ।

थ्रीफेज, टिओडी र औद्योगिक ग्राहकको हकमा भने मिटर रिडिङ कार्य यथावत रहने छ । वितरण केन्द्रले काउन्टरमै आएर विद्युत महसुल भुक्तानी गर्दा संक्रमणको जोखिम उच्च रहेको भन्दै अनलाइन प्रविधिबाट भुक्तानी गर्न ग्राहक वर्गमा अनुराेध गरेको छ । 

महसुल काउन्टर सातामा ३ दिन खुल्ने

वितरण केन्द्रले साताको ३ दिन विद्युत महसुल काउन्टर खुलाउने भएको छ । निशेधाज्ञापछि बन्द रहेको काउन्टर ग्राहकको सुविधाका लागि खुलाउने निर्णय भएको हो ।

साताको आइतरबार, मंगलबार र बिहीबार विद्युत महसुल काउन्टर खुल्ने छन् । जिल्लामा साताको ३ दिन बिहान १० देखि १ बजेसम्म बैंकहरू खुल्ला हुने हुँदा वितरण केन्द्रको महसुल काउन्टर बिहान ८ देखि १२ बजेसम्म खुल्ला गरिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit