विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चालू आर्थिक वर्ष (आव २०८१/८२) मा देशको विद्युत्: उत्पादन कुल जडित क्षमता ४ हजार मेगावाट नाघ्ने प्रक्षेपण गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको यसै वर्षको आर्थिक सर्वेक्षणको उक्त कुरा उल्लेख गरिएको हो ।

आर्थिक सर्वेक्षणअनुसार विभिन्न आयोजनाको निर्माणबाट चालु आवमा करिब ४४८.८६ मेगावाट विद्युत् उत्पादन थप भई नेपालको विद्युत् क्षमता ४,०५१ मेगावाट पुग्ने अनुमान छ ।

२०८१ सालको फागुनसम्म कुल जडित विद्युत् क्षमता ३,६०२ मेगावाट रहेकोमा जलविद्युत् ३,३३६ मेगावाट, सौर्य ऊर्जा ११७ मेगावाट, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा उत्पादित विद्युत् ९० मेगावाट, तापीय (थर्मल प्लान्ट) ऊर्जा ५३.४ मेगावाट र चिनी मिलबाट सह–उत्पादन प्रविधि मार्फत उत्पादित विद्युत् ६ मेगावाट रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित आयोजनाबाट हालसम्म ६६१.५७ मेगावाट, त्यसका सहायक कम्पनीमार्फत ६३६.४० मेगावाट र निजी क्षेत्रबाट सञ्चालित आयोजनाबाट २,०३७.६३ मेगावाट गरी २०८१ फागुनसम्म ३.३३५.६० मेगावाट विद्युत् राष्ट्रिय ग्रीडमा जडित छ ।

यसैगरी, वैकल्पिक ऊर्जासहित विद्युत्को पहुँच पुगेको जनसङ्ख्या ९९ प्रतिशत पुगेको उल्लेख छ । सामुदायिक उपभोक्तासमेत विद्युत् उपयोग गर्ने ग्राहकको सङ्ख्या २०८१ असारसम्म ५४ लाख ५९ हजार रहेकोमा २०८१ फागुनसम्म यस्तो सङ्ख्या ५५ लाख ९७ हजार पुगेको छ ।

विद्युत् निर्यात

चालु आवको फागुनसम्म भारततर्फ १,७७५ गिगावाट घन्टा बराबरको विद्युत् निर्यात भएको छ भने ९२९ गिगावाट घन्टा आयात भएको छ । गत आवमा भारतबाट १८९० गिगावाट घन्टा आयात र १९५१ गिगावाट घन्टा निर्यात भएको उल्लेख छ ।

प्रसाराण लाइन विकास

आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय प्रसारण लाइन (६६ के.भी. र सो भन्दा माथिको लम्बाइ) २०८१ असारसम्म ६,४६२ सर्किट किलोमिटर रहेकोमा फागुनसम्म ६,७४५ सर्किट किलोमिटर पुगेको छ । २०८१ फागुनसम्म वितरण लाइन (३३ के.भी. र सो भन्दा कम) २ लाख १० हजार ३ सय १७ सर्किट किलोमिटर पुगेको छ । २०८१ असारसम्म वितरण लाइन (४००/२३० भोल्ट) १ लाख ५० हजार ४ सय ७७ सर्किट किलोमिटर रहेकोमा फागुनसम्म १ लाख ५२ हजार ३१ सर्किट किलोमिटर पुगेको छ ।

सबस्टेसन निर्माण

२०८१ फागुनसम्म प्रसारणतर्फ ३ र वितरणतर्फ २ गरी ५ सबस्टेसन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् । यस्तै, १३२ केभीका ५ प्रसारण लाइन (५९ सर्किट किलोमिटर) र २२० केभी का ३ प्रसारण लाइन (४३ सर्किट किलोमिटर) विस्तार भएका छन् । ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० मेगाभोल्ट एम्पियरबाट १३ हजार ७ सय ५४ मेगाभोल्ट एम्पियर पुगेको छ ।

अनुमतिपत्र जारी

चालु आवको फागुनसम्म निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई थप ४६२.७६ मेगावाट जडित क्षमता बराबरको ३२ आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको छ । यस्तै, सोही अवधिमा १०७ आयोजनाको ८,३१४ मेगावाट जडित क्षमता बराबरको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी भएको छ ।

विद्युत् खपत

चालु आवको फागुनसम्म विद्युत् खपत ८,६९६ गिगावाट घन्टा बराबर पुगेको छ । गत आर्थिक वर्ष यस्तो खपत १२१७८ गिगावाट घन्टा थियो । चालु आवको फागुनसम्म कुल विद्युत् खपतको गार्हस्थ, औद्योगिक, व्यापारिक र अन्य क्षेत्रमा विद्युत् खपत क्रमशः ३५.३ प्रतिशत, २९.० प्रतिशत, ६.३ प्रतिशत र १०.६ प्रतिशत छ । यस अवधिमा करिब १९.७ प्रतिशत विद्युत् निर्यात भएको छ ।

नवीकरणीय ऊर्जा 

२०८० साल फागुनसम्म नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसङ्ख्या करिब ८ प्रतिशत रहेकोमा २०८१ फागुनसम्म यस्तोसङ्ख्या ८.५ प्रतिशत पुगेको छ । यस्तै, ३६ लाख घरधुरीले नवीकरणीय ऊर्जाको प्रयोग गरेको उल्लेख छ ।

आव २०८०/८१ मा वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १४१० किलोवाट रहेकोमा चालु आवको फागुनसम्म २५० किलोवाट रहेको छ । यस्तै, चालु आवको फागुनसम्म सौर्य ऊर्जा प्रविधिबाट थप २२५ किलोवाट विद्युत् उत्पादन भई २०८१ फागुनसम्म यस्तो उत्पदन ३.९८५ किलोवाट पुगेको उल्लेख छ ।

आव २०८०/८१ मा घरायसी बायोग्यासतर्फ १,४३२ प्लान्ट जडान भएकोमा चालु आवको फागुनसम्म ३.२५७ प्लान्ट जडान भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३