विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी उद्योगी व्यवसायीको अग्रसरतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि सोमबार (जेठ ३ गते) सम्म ३ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आएको छ । बतास फाउन्डेसनको अग्रसरतामा प्लान्ट स्थापनाका लागि अभियान सुरु गरिएको छ ।

कोरोना महामारी (कोभिड–१९) को समयमा अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै प्लान्ट स्थापनाको अभियान अगाडि बढाइएको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले बताए । उनका अनुसार सोमबार ४ बजेसम्म २१९ जनाबाट ३ करोड १८ लाख रुपैयाँको प्रतिबद्धता आएको छ । प्रतिबद्धता जनाएको रकममध्ये ४७ लाख रुपैयाँ बैंकमा जम्मा भइसकेको छ ।

‘आइतबार ग्लोबल आइएमई बैंकको पोखरा शाखामा खाता खोलेर प्रतिबद्धता जनाइएको रकम जम्मा गर्न अनुरोध गरिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सहयोग गर्न इच्छुक वा प्रतिबद्धता गर्नेले सोझै बैंकमा रकम जम्मा गर्न सक्नुहुनेछ ।’ इच्छुकले बैंकको खाता नम्बर ६५०१०१००००४७७ मा रकम जम्मा गर्न पनि उनले अनुरोध गरे ।

चीन वा फ्रान्सबाट कार्गो मार्फत प्लान्ट ल्याउने प्रारम्भिक योजना रहेको उनले जानकारी दिए । फ्रान्सबाट ल्याउन सके एक महिनाभित्र स्थापना गर्न सकिनेछ, चाइनाबाट ल्याउनुपर्यो भने करिब ३ महिना लाग्छ,’ उनले भने ।

कास्की जिल्लामा करिब ५ लाख बढी जनसङख्या छन् । प्रत्येक पोखरेलीले एक सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरे ५ करोड रुपैयाँ संकलन हुने पनि बतासले बताए । यसले प्लान्ट राख्न ठूलो मद्दत पुग्ने उनको भनाइ छ । दैनिक २०० वटा अक्सिजन सिलिन्डर उत्पादन गर्ने क्षमताको प्लान्ट राखिनेछ । 

उत्साहजनकरूपमा रकम जम्मा भएको हुँदा जतिसक्दो छिटो प्लान्ट स्थापना गर्ने चुनौती रहेको पनि उनले बताए ।  सहयोग गर्नेहरूले १००१ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म उपलब्ध गराएका छन् ।

फाउन्डेसन र यसका सहायक कम्पनीले २८ लाख रुपैयाँ घोषणा गरेर अगाडि बढेको सहयोग अभियानमा बतास अर्गनाइजेसनले २५ लाख, केसी ग्रुपले २५ लाख, अटोवेज प्रालिले २५ लाख, सेलवेज डिमार्टमेन्टले २५ लाख, सुपर मादी हाइड्रो पावरले २५ लाख, क्वालिटी एग्रिगेट माइनिङले २५ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि भौतिक संरचना निर्माण गर्न लाग्ने खर्च अर्थात् ३०–३५ लाख रुपैयाँ पोखरा महानगरपालिकाले लगानी गर्ने प्रतिबद्धता जनाएको पनि बतासले बताए । पोखरामा अहिले ३ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । यसमध्ये पश्चिमाञ्चल अस्पतालको एक हो तर यसले मागको सानो हिस्सा पनि धान्न सकिरहेको छैन ।

प्लान्ट स्थापना गरी अस्पताललाई नै हस्तान्तरण गर्ने योजना छ । यद्यपि, प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्नका लागि एउटा व्यवस्थापन समिति बनाएर जानुपर्ने चन्दादाताको भनाइ रहेको बतासले उल्लेख गरे । यसबारे पछि अस्पतालसँग छलफल हुने उनले प्रस्ट्याए ।

याे पनि पढ्नुहाेस्

उद्योगीले पोखरामा ५ करोडको अक्सिजन प्लान्ट खोल्दै, ३ महिनामा सञ्चालनमा ल्याउने तयारी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit