काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले १६ करोड रुपैयाँ खुँ नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विरण अनुसार कम्पनीले खुद नाफा कमाएको देखिएको हो ।
असासम्मको आवधिमा १६ करोड १० लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सार्वजानिक गरेको वित्तिय विवरणमा उल्लेख छ । कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ खुद नाफा कामाएको थियो ।
कम्पनीको यो अवधिमा विद्युत बिक्रबाट हुने आम्दानी पनि बढेको छ । यस अवधिमा विद्युत बिक्री गरी ४० करोड ३० लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ३१ करोड ८६ लाख ६४ हजार रुपैयाँ आम्दनी गरेको थियो ।
यस्तै, कम्पनीले अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । गत वर्ष ७ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले अन्य स्रोतबाट असार सम्मको अवधिमा ३७ लाख ७१ हजार रपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवा खोला–ए जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०७३ माघ २२ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।