विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी उद्योगी व्यवसायीको अग्रसरतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा करिब ५ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोरोना महामारीको समयमा अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै प्लान्ट राख्न लाखिएको हो ।

उक्त प्लान्ट स्थापनाका लागि बतास फाउन्डेसनले अगुवाई गरेको छ । आज शनिबार (जेठ १ गते) सम्म करिब ३ करोड रुपैयाँको प्रतिबद्धता आइसकेको फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले बताए । ‘यो महामारीको समयमा अक्सिजनको चरम अभाव छ, हामीले सरकारको मात्र मुख ताक्नुभन्दा आ–आफ्नो ठाउँबाट गर्न सक्ने काम गरौं भनेर अगाडि बढेका हौं,’ उनले शनिबार ऊर्जा खबरसँग भने, ‘यसमा विभिन्न क्षेत्रका उद्योगी व्यवसायीको उत्साहजनक सहभागिता छ ।’

५ करोड रुपैयाँसम्म उठाउने लक्ष्य रहेकोमा आइतबारसम्म ४ करोड रुपैयाँ उठ्ने अनुमान रहेको बतासले बताए । उनका अनुसार आइतबार बैंक खाता खोल्ने र प्रतिबद्धता जनाएको रकम जम्मा हुँदै जानेछ । दिनमा २०० वटा अक्सिजन सिलिन्डर उत्पादन गर्ने क्षमताको प्लान्ट राख्ने उनको भनाइ छ ।

उत्साहजनकरूपमा रकम जम्मा भएको हुँदा जतिसक्दो छिटो प्लान्ट स्थापना गर्ने चुनौती रहेको उनले बताए । ‘आउने साता एलसी (प्रतीतपत्र खोल्ने र आगामी ३ महिनाभित्र प्लान्ट स्थापना गरी अस्पतालको बेड–बेडमा अक्सिजन पुर्याउने योजना छ,’ उनले भने ।

शनिबार साँझसम्म करिब १५० जनाबाट २ करोड ८३ लाख ६७ हजार ५ सय १० रुपैयाँबराबरको सहयोगको प्रतिबद्धता आइसकेको फाउन्डेसनले जानकारी दिएको छ । सहयोग गर्नेहरूले १००१ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म उपलब्ध गराएका छन् ।

फाउन्डेसन र यसका सहायक कम्पनीले २८ लाख रुपैयाँ घोषणा गरेर अगाडि बढेको सहयोग अभियानमा बतास अर्गनाइजेसनले २५ लाख, केसी ग्रुपले २५ लाख, अटोवेज प्रालिले २५ लाख, सेलवेज डिमार्टमेन्टले २५ लाख, सुपर मादी हाइड्रो पावरले २५ लाख, क्वालिटी एग्रिगेट माइनिङले २५ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि भौतिक संरचना निर्माण गर्न लाग्ने खर्च अर्थात् ३०–३५ लाख रुपैयाँ पोखरा महानगरपालिकाले लगानी गर्ने प्रतिबद्धता जनाएको पनि बतासले बताए । पोखरमा अहिले ३ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । यसमध्ये पश्चिमाञ्चल अस्पतालको एक हो तर यसले मागको सानो हिस्सा पनि धान्न सकिरहेको छैन ।

प्लान्ट स्थापना गरी अस्पताललाई नै हस्तान्तरण गर्ने योजना छ । यद्यपि, प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्नका लागि एउटा व्यवस्थापन समिति बनाएर जानुपर्ने चन्दादाताको भनाइ रहेको बतासले उल्लेख गरे । यसबारे पछि अस्पतालसँग छलफल हुने उनले प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit