विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालबाट ४० मेगावाट विद्युत् निर्यात गर्न बंगलादेशको अन्तरिम सरकारले स्वीकृति दिएको छ । त्यहाँको ऊर्जा तथा खनिज स्रोतका सल्लाहकार फौजुल कबिर खानले सोमबार नेपालबाट ४० मेगावाट विद्युत् आयातको स्वीकृति दिएको बताएका हुन् ।

नेपालबाट भारतको मुजफ्फरपुर सबस्टेशन हुँदै बंगलादेशमा विद्युत् लैजान बर्खास्तमा पारिएकी शेख हसिना नेतृत्वको सरकारले पहल थालेको थियो । तर, उनी नेतृत्वको सरकारले त्यहाँको ऊर्जा विभागबाट कानुन मन्त्रालयमा पठाएको उक्त विद्युत् आयातसम्बन्धी योजनाको कागजात हराएपछि विभागले हाल नयाँ फाइल तयार पारेर स्वीकृतिका लागि पठाएको थियो । 

बंगलादेशको ऊर्जा विभाग स्रोतका अनुसार नेपालबाट विद्युत् आपूर्ति गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट अर्थात् (करिब ८.५१ रुपैयाँ) हुनेछ । साथै, भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) ले मुनाफा र प्रसारण शुल्क समेत गर्दा नेपालबाट लैजाने १ युनिट विद्युत्का लािग बंगलादेशले करिब ९.१८ रुपैयाँ खर्चिनुपर्ने छ ।  

पावर डिभिजनका अनुसार नेपालबाट बंगलादेशले आयात गर्ने ४० मेगावाटको जलविद्युत्को लागत बंगलादेशमा उत्पादित विद्युत्भन्दा महँगो भए पनि ग्यास वा तेलबाट उत्पादन गरिने विद्युतभन्दा सस्तो पर्ने छ ।

यदि नेपालबाट जलविद्युत् आयात गर्ने सम्झौता हुन सके, यसले बंगलादेशका लागि सीमापार व्यापारको ढोका खोल्न सक्ने तथा नेपाल र भुटानसँग विद्युत् आयात तथा अन्य द्विपक्षीय व्यापारका अवसरहरू बढाउन सहयोग पुग्ने अनुमान गरिएको छ । 

नेपालबाट बंगलादेश विद्युत् निर्यातका लािग भारतको प्रसारण लाइन प्रयोग गरिने छ, जसका लागि बंगलादेशले भारतलाई प्रसारण शुल्क तिर्नुपर्ने छ । तर यो ऊर्जा आयात तथा निर्यातका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौताको हुनुपर्ने छ । त्यस्तौ सम्झौताले त्रिदेशीय ऊर्जा सहकार्यको नयाँ युग शुरू गर्ने अपेक्षा समेत गरिएको छ । यसले नेपालका लागि विद्युत् बजारको नयाँ ढोका खोल्ने छ ।  

बंगलादेशमा शेख हसिनाको नेतृत्वमा अवामी लिगको सरकार हुँदा यो सम्झौता यही सेप्टेम्बरमै गर्ने तयारी चलिरहेको थियो । तर, हसिनाको सरकार बर्खास्तीमा परेपछि परिस्थितिमा आएको परिवर्तन र हराएको फाइलसँग सम्बन्धित जटिलताले ढिलाइ हुने सम्भावना देखिएको हो।

नेपाल र बंगलादेशबीच २०२२ को मे महिनामा विद्युत् निर्यात–आयातसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । 

उक्त सम्झौताअनुसार बंगलादेशले नेपालका दुई परियोजनाबाट क्रमशः २४ र १६ मेगावाट विद्युत् निर्यात गरिने छ । उक्त बिजुली भारत हुँदै बंगलादेशको भेरामारा राष्ट्रिय ग्रिडमा पठाइने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३