विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दिगो ग्रुप कम्पनीले सिन्धुलीको मुलकोटमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । विपि राजमार्गमा चल्ने विद्युतीय गाडीहरू चार्ज गर्ने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो ।

सुनकोसी गाउँपालिकामा पर्ने मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरि गत शनिबार (भदाै २६ गते) देखि सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएकाे छ । कम्पनीका अनुसार चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिई सञ्चालनमा ल्याइएको छ ।

यो चार्जरले विपि राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ ।

अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रो बसहरू सञ्चालनमा छन् । ‘डिफएसके’ ब्रान्डको सो विद्युतीय सवारी ११ सिटको माइक्रो बस हो ।

फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै पटक यात्रु ओसार्न सक्ने दिगोले जनाएको छ । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ । निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit