विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

मुस्ताङ । मुस्ताङको लोमान्थाङस्थित कोरला नाकाबाट १०० वटाभन्दा बढी विद्युतीय सवारी साधन (इभी) आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पुर्‍याई चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् ।

मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिब ५०० थानभन्दा बढी बिवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको छ । १० दिनअघिमात्रै खुला गरिएको यस नाकाबाट हालसम्म १०० वटाभन्दा बढी विद्युतीय सवारी भित्रिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । 

यसअघि ती विद्युतीय सवारी रसुवागढी र तातोपानी नाकाबाट आयात गर्ने तयारी थियो । तर त्यहाँका नाका बाढी पहिरोका कारण अवरुद्ध भएपछि कोरलानाका वैकल्पिक रूपमा प्रयोग गरिएको हो । ‘भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट ५०० थानभन्दा बढी इभी ल्याउने जनाइएको छ’, उनले भने, ‘चिनियाँ भन्सारमा जाँचपास भएपनि नेपाली भन्सारले पनि जाँचपास गर्छ ।’

चीनबाट आयात गरिएका विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन प्रमुख समस्या रहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए ।

यस नाकाबाट गाडीसहित पर्वलक्षित लत्ता कपडा, विद्युतीय र कस्मेटिक सामग्री आयात गर्ने तयारी गरिएको छ । चिनियाँ भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला मालवाहक कन्टेनर न्हेचुङ आइपुगेका छन् ।

मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटा मझौला कन्टेनर बेनी–जोमसोम–कोरला सडक हुँदै कोरलानाका आइपुगेको भन्सार प्रमुख खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३