विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ मङ्सिर ७, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सङ्खुवासभा र भोजपुर जिल्लाको सिमानामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । दुवै प्रधानमन्त्रीले सोमबार नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलान्यास गरेका हुन् ।

शिलान्याससँगै आयोजनाको औपचारिक निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । निर्माणपूर्वका अधिकांश तयारी पूरा गरेको आयोजना निर्माणका लागि आवश्यक प्रशासनिक, कानुनी तथा ठेक्कासम्बन्धी काम अघि बढिसकेको छ । भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले आयोजना निर्माण गर्न लागेको हो ।

भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी रहेको एसजेभीएनका उच्च अधिकारीहरूले नोभेम्बर २०२६ को सुरुमै आयोजनास्थलको स्थलगत निरीक्षण गरी निर्माण कार्य सुरु गर्ने तयारीको समीक्षा गरेका थिए । यससँगै आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारीलाई तीव्रता दिइएको छ ।

आयोजनाका मुख्य संरचना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा रहनेछन् । आयोजनाका लागि आवश्यक कुल १८४ हेक्टर जग्गामध्ये निजी जग्गाको मुआब्जा निर्धारण तथा वितरण प्रक्रिया अघि बढाइएको छ । खाँदबारी नगरपालिकाका प्रभावित वडामा जग्गाको मुआब्जा वितरणसम्बन्धी काम भइरहेको छ ।

आयोजना प्रभावित क्षेत्रका करिब २५३ परिवारलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । प्रभावित क्षेत्रमा जग्गाको मूल्याङ्कन प्रतिरोपनी ५ लाखदेखि ३४ लाख रुपैयाँसम्म गरिएको छ । आयोजनाका लागि कुल ६५६ जग्गाधनीले मुआब्जा पाउनेछन् भने मुआब्जा वितरणमा करिब १ अर्ब ४० करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुने बताइएको छ ।

निर्माणका लागि आवश्यक ठेक्का प्रक्रिया पनि अघि बढेको छ । आयोजनाको प्याकेज–२ निर्माणको जिम्मा भारतीय कम्पनी पटेल इन्जिनियरिङले पाउने गरी छनोट भइसकेको छ । अन्य सिभिल तथा हाइड्रोमेकानिकल निर्माण प्याकेजका लागि पनि बोलपत्र प्रक्रिया अघि बढाइएको छ ।

यसअघि नै लगानी बोर्ड नेपालले आयोजनाको उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरिसकेको छ । सरकारले आयोजना निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न तथा रुख कटान गर्नसमेत अनुमति प्रदान गरिसकेको छ । यी स्वीकृतिले आयोजना निर्माणका लागि आवश्यक कानुनी तथा प्रशासनिक आधार तयार भएको छ ।

तल्लो अरुण जलविद्युत् आयोजना एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको क्यासकेड परियोजना हो । अरुण तेस्रोबाट विद्युत् उत्पादन भइसकेपछि सोही नदीको पानी उपयोग गरी तल्लो अरुणबाट थप विद्युत् उत्पादन गर्ने गरी आयोजना विकास गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३