विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै यसकाे प्रयोग र आयात बढ्दै गइरहेकाे छ । चालु आर्थिक वर्षको ८ महिनामा मात्र १३ हजार बढी गाडी विद्युतीय गाडी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म साना–ठूला तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी आयात भएका हुन् ।

सरकारले पेट्रोलियम पदार्थको सवारी साधनभन्दा विद्युतीय सवारी साधन आयातमा छुट दिन थालेपछि यसको आयात वार्षिक रूपमा बढ्दै गएको देखिन्छ । विभागको तथ्यांक अनुसार चालु आवको ८ महिनामा तीन पाङ्ग्रे र चार पाङ्ग्रे गरी १३ हजार ७ विद्युतीय सवारी आयात भएको छ ।

उक्त विद्युतीय सवारी आयात गर्दा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँ बाहिरिएको छ । यी मध्ये ६७ करोड ६१ लाख २५ हजार रुपैयाँ बराबरको ६ हजार ५७२ वटा तीन पाङ्ग्रे सवारी भित्रिएका छन् । तीन पाङ्ग्रे मध्ये चीनबाट मात्रै ५ हजार ३७४ र भारतबाट ११९८ वटा सवारी साधन नेपाल भित्रिएका छन् ।

यसैगरी १५ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँ बराबरको ६ हजार ४३५ वटा चार पाङ्ग्रे सवारी आयात भएको तथ्यांकमा छ । चार पाङ्गे्र सवारीमध्ये ५० किलोवाटसम्मका २ हजार ७४६ वटा सवारी आयात भएको छ । यसका लागि ५ अर्ब १० करोड ४६ लाख ७ हजार रुपैयाँ नेपाली मुद्रा बाहिरिएको छ । १० अर्ब  १८ करोड ५३ लाख २७ हजार रुपैयाँ बराबरको ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ३ हजार ५९४ वटा सवारी आयत भएको छ ।

१०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७५ र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको २० सवारी आयात गर्दा क्रमशः ३८ करोड ५० लाख २२ हजार र १४ करोड ४८ लाख ४ हजार रुपैयाँ बाहिरिएको छ ।
नेपालले चार पाङ्ग्रे पनि सबैभन्दा बढी चीनबाट आयात गर्ने गरेको विभागको तथ्यांकमा उल्लेख गदर्छ ।

नेपालले चार पाङ्ग्रे गाडी आयात गर्दा चीनबाट मात्रै १० अर्ब ८६ करोड ४ लाख रुपैयाँको ३ हजार ९६९ वटा भित्रिएको छ । चीनपछि भारतबाट २ हजार ३८० वटा, दक्षिण कोरियाबाट ४२ वटा, इन्डोनेसियाबाट ३४ वटा, जर्मनीबाट ७ वटा र अमेरिकाबाट ३ वटा गाडी आयात भएको तथ्यांकमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit