विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङको गलकोट नगरपालिकामा निर्माणाधीन ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । दरम खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो ।

आयोजनाको पेनस्टक पाइप, विद्युतगृह लगायत सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पनीका सञ्चालक हरिप्रसाद सापकोटाले बताए । उनका अनुसार बाँध क्षेत्रको निर्माण भने सकिएको छ ।

‘आयोजनाको ४.२ किलोमिटर लामो पनेस्टक पाइप लाइनको पाइप बिछ्याउने काम भइरहेको छ’, उनले ऊर्जाखबरसँग, ‘बर्खा लागेसँगै पानी परेर पाइपलाइनको काम सुस्त भएको छ ।’ पाइपलाइनको काम पनि २०७९ भित्र पूरा गरिनेछ ।

विद्युतगृहको पनि सिभिल संरचनाको काम भइरहेको छ । सिभिल संरचनाको काम पनि आगामी ८ महिनाभित्र सम्पन्न गरिने सापकोटाले बताए । आयोजनाको लागि आवश्यक इलेक्ट्रोमेकानिकल उपकरण सबै आयोजनास्थलमा आइसकेका छन् ।

आयोजनाको सबै काम पूरा गरेर २०८० असारभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको पनि सापकोटाले बताए । अहिले आयोजनाको काम तिव्र गतिमा अघि बढेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग ७.३ मेगावाटको विद्युत खरिद सम्झौता (पिपिए) गरे पनि पछि क्षमता विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विद्युत विकास विभागबाट २०७३ माघ २३ गते उत्पादन अनुमतिपत्र लिए संरचना निर्माण गर्न सुरु गरेको थियो ।

आयोजनाबाट उत्पादन भएको विद्युत विद्युत प्राधिकरणका हरिचौर सुबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । लाइनको काम पनि २० प्रतिशत मात्र बाँकी रहेको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अगुवाईमा एनआइसी एसिया बैंकले पनि ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit