विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गरेकाे छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको साढे १ करोड कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २ सय १२ रुपैयाँको एक सेयर बराबर १ः०.४० को अनुपातमा सय रुपैयाँ अंकितका दरले १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता  हकप्रद सेयर निष्कासन गरेकाे कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सेयरधनीले भदाै १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको दार्चुलामा निर्माण सम्पन्न गरेको ८.५ मेगावाको नौगड गाढ र ८ मेगावाटको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाले निन्तर विद्युत उत्पादन गरिरहेका छन् ।

साथै, सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलियाकाे विद्युत पनि साउन १ गतेदेखि प्रणालीमा जाेडिएकाे छ । यसैगरी, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार आयोजना, १ मेगावाटको ढल्केबर सोलार आयोजना र १ मेगावाटको सिमरा सोलार आयोजना सञ्चालन गरिरहेको छ।

देशको सुदूरपश्चिम क्षेत्रमा जलविद्युत आयोजना विकास गर्न पुगेको निजी संस्था अपि पावरले त्यस क्षेत्रमा ५६.५ मेगावाट विद्युत उत्पादन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३