काठमाडौँ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षाको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । १२ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले पुस ३० गते बाेलाएको साधारण सभाले पारित गरेपछि मात्र लाभांश वितरण गरिने छ । साधारण सभाका लागि पुस १७ गते कम्पनीकाे सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने छ । यसअनुसार पुस १६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा काराेबार भई कायम हुने सेयरधनीले लाभाशं प्राप्त गर्नेछन् ।
नेपाल विद्युत् प्राधिकरणकाे सहायक कम्पनी चिलिमेले रसुवामा २२ मेगावाटकाे चिलिमे जलविद्युत् केन्द्र सञ्चालन गरिरहेकाे छ । त्यस्तै सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य–भाेटेकोसी र ५७.३ मेगावाटको साञ्जेन जलविद्युत् केन्द्रहरू सञ्चालन गरिरहेको छ ।