विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पूर्व–जलस्रोत मन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता जबरालाई अभिनन्दन गरिएको छ । नेता जबरालाई ८४औँ जन्मोत्सवका अवसरमा नेशनल हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष तथा जेए ग्रुपका अध्यक्ष जितबहादुर श्रेष्ठ र एनएचपिसीका संस्थापक सदस्य एवं इपानका सल्लाहकारसमेत रहेका जलविद्युत् प्रवर्द्धक तथा राष्ट्रिय अभियन्ता कृष्णप्रसाद भण्डारीले शुक्रबार (असार २७ गते) प्रज्ञा प्रतिष्ठानको सभा हलमा आयोजित जनसम्मान कार्यक्रममा जबरालाई अभिनन्दन गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्लाबाट लामो समयदेखि सांसद निर्वाचित भई राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेता जबराको हालका दिनमा पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहेका छन् । 

सिन्धुपाल्चोकको इन्द्रावती नदीमा निजी क्षेत्रबाट नेशनल हाइड्रोपावर कम्पनीमार्फत २०५४ सालमा ७.५ मेगावाटको जलविद्युत् आयोजना निर्माणको शिलान्यास गरी सञ्चालनमा ल्याउन उनले सक्रिय भूमिका खेलेका थिए ।

‘जलश्रोत मन्त्रालयको दीर्घकालीन जिम्मेवारी सम्हालेर जलश्रोतको भरपुर उपयोगमार्फत राष्ट्रलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउनुभएको योगदान युगयुगसम्म सम्झिइरहने छ,’ अभिनन्दन पत्रमा भनिएको छ, ‘बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात्, तात्कालीन श्री ५ को सरकारले ल्याएको उदार आर्थिक नीतिअनुसार, जलश्रोत तथा ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता प्रोत्साहन गर्नुभएको तपाईँको दूरदृष्टि आज पनि उदाहरणीय छ । यही सोच र प्रगतिशील कदमका रूपमा सिन्धुपाल्चोक जिल्लाको दुर्गम भोटेनाम्लाङ र ज्यामिरेस्थित इन्द्रावती नदीमा ७.५ मेगावाट क्षमताको विद्युत् आयोजना—नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत—२०५४ सालमा निजी लगानीमा शिलान्यास गरी विद्युत् उत्पादन सुरू गर्नुभएको ऐतिहासिक योगदान हामी गर्वका साथ स्मरण गर्दछौँ ।’

कार्यक्रममा वरिष्ठ नेता जबरालाई उनकै पार्टी राप्रपा नेपाललगयातका राजनीतिक दल तथा संघ, संस्था र व्यक्तिले सम्मान गरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३