विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रले आफ्ना विभिन्न सेवाहरु एकद्वार प्रणालीबाट सुरु गरेको छ । केन्द्रले ग्राहकलाई गुणस्तरीय विद्युत सेवा दिने उद्देश्यले सबै प्रकारका समस्या एकै स्थानबाट समाधान गर्ने गरी शुक्रबार (१२ गते) देखि एकद्वार प्रणाली सञ्चालनमा ल्याएको हो ।

सेवाग्राहीहरूको नयाँ मिटर जडान, मिटर ठाँउ सारी, विद्युत क्षमता वृद्धि/घटी, मिटर बन्द/बदली, विद्युत नामसारी, लागत खारेज जस्ता कार्यका लागि सेवा लिन आउनुहुने ग्राहकहरुको विभिन्न फाँट धाउनुपर्नेे समस्यालाई अन्त्य गर्न एकद्वार प्रणाली सञ्चालन ल्याएकाे केन्द्रले जनाएकाे छ ।  

ग्राहकहरू एक ठाउँमा पुगेर आवेदन दिएपछि आवश्यक सेवाका लागि अब कर्मचारी आफैले प्रक्रिया पुरा गरेर कार्य सम्पादन गर्नेछन् । केन्द्रले शुत्रबार आयाेजना गरेकाे कार्यक्रममा लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जको प्रमुख हरि प्रसाद पाण्डेले साे सेवाकाे औपचारिक उदघाटन गरेका छन् ।

ग्राहकहरूको सुविधाका लागि बनाइएको ए.सी. भएको (वातानुकुलित ) ग्राहक प्रतिक्षालय हल तथा टोकन पद्धति बाट महसुल भुक्तानीका लागि ग्राहक व्यवस्थापन एकद्वार प्रणालीकाे एकैपटक उद्धघाट्न भएकाे हाे । केन्द्रको नवनिर्मित भवन लगभग ७३ लाख लागतमा तयार गरेको हो ।

एकद्वार प्रणाली सेवा उद्घाटन लगत्तै एकद्वार प्रणालीअन्तर्गत पहिलो पटक सेवा लिन आउने हुने एकजना र टोकन प्रणालीबाट काउन्टरमा महसुल बुझाउने तीन जना ग्राहकहरूलाई खादा ओढाइ स–सम्मान  गरेकाे केन्द्रले जनाएकाे छ ।

नेपालगन्ज वितरण केन्द्रबाट गत २०७३ फाल्गुन १२ गते छुट्टै वितरण केन्द्रको रुपमा अलग्गिएको कोहलपुर वितरण केन्द्रले आफ्नो स्थापनाकालको छोटो अवधीमै सेवा प्रवाह छिटोछरितो बनाउन विभिन्न रचनात्मक अभ्यास अपनाउँदै आएको छ ।

केन्द्रले २४ घन्टाभित्र सिंगल फेज मिटर हस्तान्तरण कार्यको सुरुवात, निर्धारित समयमै मिटररिडिङ कार्य, अनलाइन भुक्तानी प्रवर्द्धनका लागि विभिन्न योजना नियमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit