विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आफूहरूलाई चुप लागेर बस्ने र तीव्र गतिमा काम नगर्ने छुट नरहेको बताएका छन् । विद्युत् विकास विभागको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । 

‘प्रधानमन्त्रीज्यूले हिजो मात्रै भन्नु भएको छ– हामीलाई चुप लागेर बस्ने र तीव्र गतिमा काम नगर्ने छुट छैन, म पनि यही चाहन्छु,’ मन्त्री खड्काले भने, ‘देशका दुई ठूला दल मिलेर सरकार बनेपछि तीव्र गतिमा विकासका काम भएनन् भने नागरिकमा वितृष्णा पलाउने छ । त्यसो हुन नदिन हामीले आशा जगाउने गरी काम गर्नुपर्ने छ ।’  

देशमा उपलब्ध स्रोतका हिसाबले ऊर्जा क्षेत्र महत्त्वपूर्ण भएको उनले बताए । देशको ऊर्जा प्रवर्द्धनमा लागेका निजी क्षेत्रका प्रवर्द्धकसँग मिलेर काम गर्नुको विकल्प नभएको समेत उनले बताए । बिजुलीको निर्यात तथा आन्तरिक खपतको बढ्दै जाने भएकोले पनि यो माग पूर्ति गर्न निजी क्षेत्रको साथ र सहयोग बिना सम्भव नहुने उनको भनाइ छ । 

‘निजी क्षेत्रका माग सम्धोन गर्न इमानदार प्रयास हुने छ,’ उनले भने, ‘म जति दिन मन्त्रालमा बस्छु सबैसँग विवेकपूर्ण व्यवहार हुने छ ।’ 

विगतमा आफ्नै जिल्ला संखुवासभामा पनि बाढी पहिरोले २५ जनाभन्दा धेरैको ज्यान गएको, धेरै विद्युत् आयोजनामा ठूलो क्षति पुगेको स्मरण गर्दै उनले निजी क्षेत्रका यस्ता समस्यामा सरकारले सक्दो सहयोग गर्नुपर्ने बताए । 

‘हिजो के भने भन्ने भन्दा पनि अब समस्या समाधानमा कसरी अघि बढ्ने भन्ने सोच बनाएर जानु पर्ने छ,’ उनले भने, ‘कानुनी अढ्चन, दोहोरो मापदण्ड जस्ता कुराले पनि हप्ठ्यारो पारिराखेको हुनसक्छ, त्यस्तो नहोस् ।’

वार्षिक ४ अर्ब रुपैयाँ राजस्व उठ्ने यो क्षेत्रको राजस्व आगामी दिनमा कति प्रतिशत पुर्‍याउन सकिन्छ भनेर सोच्नु पनि आवश्यक रहेको उनले बताए ।मन्त्री खड्काले आफू भर्खर आएको भन्दै मन्त्रालय र ऊर्जा क्षेत्रबारे बुझेर यस क्षेत्रका समस्या समाधानमा लाग्ने उनका भनाइ छ । 

अर्को प्रसङ्गमा डेडिकेटेड फिडर र ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानबारे अध्ययन गर्ने समेत उनले बताए । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३