विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा ३ दिनका  लागि ‘इभी एक्स्पो २०८०’ हुने भएको छ । इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपाल र मिडिया स्पेस सोलुसन्स तथा फ्युचरक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा भदौ १५ गतेदेखि १७  गतेसम्म एक्स्पो हुने भएको हो ।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले तीन दिने एक्स्पोमा सयभन्दा बढी कम्पनीहरूको सहभागिता र १५० भन्दा बढी ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने भएको छ । 

एक्स्पोमा विशेष गरी विद्युतीय कार, स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस,  चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको सहभागिता रहनेछ  ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने आयोजनाको विश्वास छ । प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जनाएको छ ।

हालका दिनहरूमा प्राय जसो ग्राहकहरूको रोजाइ विद्युतीय सवारी नै हुने गरेको र आर्थिक मन्दीको अवस्थामा पनि विद्युतीय सवारीको बिक्री भएकाले यस एक्स्पोले थप प्रोत्साहन गर्नेछ । एक्स्पाेका लागी पूर्व तयारीका कामहरू आज १२ गते (मंगलबार) देखि सुरू भएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३