विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । माथिल्लो ठूलो खोला–ए जलविद्युत् आयोजनाको विद्युत् प्रसारणका लागि १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण गरिने भएको छ । यसका लागि अनुमति माग्दै प्रवर्द्धक ठूलो खोला हाइड्रोपावर कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ । कम्पनीले म्याग्दीको रघुगंगा पालिका–७ मा निर्माणाधीन माथिल्लो ठूलो खोला–ए जलविद्युत् आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको नेपाल विद्युत् प्राधिकरणलको २२०/१३२/३३ केभी दाना सवस्टेसनसम्म प्रसारण लाइन निर्माण गरिने छ । 

प्रवद्र्धक कम्पनीका अनुसार २९.५४९ किलोमिटर लामो विद्युत् प्रसारण लाइनमा ९१ वटा टावरहरू रहने छन् । टावरको उचाई अधिकतम ३४.६९ मिटर तथा टावरबीचमा ८७ देखि ९०० मिटरसम्म रहने बताएको छ । १ लाख ३२ हजार भोल्ट क्षमताको आयो लाइन सिङ्गल सर्किटको हुनेछ भने यसबाट २२.५ मेगावाट सम्मको विद्युत् शक्ति प्रसारण गर्न सकिने कम्पनीले जनाएको छ । 

आयोजना २४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उक्त प्रसारण लाइन निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकुल असर पर्ने देखिए ३५ दिनभित्र विभाग वा प्रवर्द्धक कम्पनीमा लिखित राय तथा प्रतिक्रिया दिन विभागले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३