विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकासहित देशभरका अक्सिजन उद्योग तथा अस्पतालमा नियमित विद्युत आपूर्तिको अनुगमन एवं समन्वयका लागि गठित सहायता कार्यदलका पदाधिकारीलाई भत्ताको प्रस्ताव गरेको छ । प्राधिकरणले निशेधाज्ञाको समयमा काममा खटिने कार्यदलका पदाधिकारीलाई खाइपाई आएको तलबको ५० प्रतिशतसम्म भत्ता प्रस्ताव गरेको हो ।

कार्यदल पदाधिकारीका लागि गरिएको भत्ता प्रस्ताव सञ्चालक समितिमा लगिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘कार्यदलका पदाधिकारी साथीहरू अक्सिन उद्योग र अस्पतालको विद्युत आपूर्ति नियमित गर्न २४ घन्टा सक्रिय भएर लाग्नु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘उहाँहरूलाई निशेधाज्ञा अवधिभर भत्ता दिने सम्बन्धमा प्रस्ताव मात्रै गरिएको हो । सञ्चालक समितिबाट पारित भएपछि मात्रै कार्यान्वयन हुन्छ ।’

उनले यो प्रस्ताव अबको सञ्चालक समिति बैठकमा लगेर पारित गरिने बताए । बागमती प्रदेशिक कार्यालय प्रमुख श्रीराम पाण्डे सहायता कार्यदलको संयोजक छन् । उनलाई बागमती प्रदेशका अक्सिजन उद्योग तथा अस्पतालमा विद्युत आपूर्ति २४ घन्टा पुर्याउने कार्यको समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

विराटनगर प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी, बुटवल प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुर,  र सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठ सदस्य छन् । तिवारीलाई प्रदेश–१, ठाकुरलाई गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेश एवं श्रेष्ठलाई प्रदेश–२ का अक्सिजन उद्योग तथा अस्पतालको विद्युत आपूर्ति नियमित गर्न समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

बागमती प्रदेशिक कार्यालयका उपप्रबन्धक सूर्यनारायण मण्डललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । प्राधिकरणले सहायता कार्यदलको गठन गरी उपत्यकासहित देशभरका अक्सिजन उद्योगमा २४ घन्टा विद्युत आपूर्ति गरिरहेको छ । अक्सिजन उद्योग र अस्पतालमा आपूर्ति अवरुद्ध हुन नदिन नयाँ फिडरसमेत तयार गरिएको छ ।

कोरोना (कोभिड–१९) संक्रमणले महामारीको रुप लिएपछि विरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी प्राधिकरणले अक्सिजन उद्योग र अस्पतालमा विद्युत आपुर्ति सहज बनाउन केन्द्र, प्रादेशिक हुँदै स्थानीय स्तरसम्म कर्मचारी खटाएको छ ।

याे पनि पढ्नुहाेस्

अक्सिजन उद्याेगमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन उच्च सतर्कतासाथ वैकल्पिक व्यवस्था

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit