विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २८, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । हिम पर्वत हाइड्रो पावर लिमिटेडले १३२ केभी प्रसारण लाइनको काम डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । बागमती प्रदेश अन्तर्गत देलखा जिल्लाको विगु गाउँपालिकामा निर्माणाधीन साँगु खोला जलविद्युत आयोजनाको स्वीच्यार्डदेखि सोही जिल्लाको कालिञ्चोक गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनसम्म ७.४ किलोमिटर लामो प्रसार लाइनकाे काम १५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेको हो । 

कम्पनीले आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त भए लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ । 

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय/सुझान पेश गर्न आग्रह गरेको छ ।

 ७.४ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइनबाट ३० मेगावाटसम्मको विद्युत प्रवाह हुनेछ । उक्त प्रसारण लाइनमा २६ वटा टावरहरू खडा गरिनेछ । टवारको उचाई अधिकतम ३६ मिटर सम्म रहने तथा टावरहरूबीचको दूरी १७५ मिटर देखि ४५२ मिटर सम्म हुने अध्ययनले देखाएको छ । 

आयोजना निर्माणका लागि १३.३२५ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमध्ये २६ जटा टावरका लागि स्थायी रूपमा करिब ०.८४५ हेक्टर जग्गा आवश्यक पर्नेछ । यसबाहेक विद्युत मार्ग क्षेत्रभित्र अन्तर्गत १२.४५ हेक्टर जग्गा आयोजनाको लागि आवश्यक पर्नेछ ।

यो प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, पहिरो, वायु प्रदुषण आदिद्वारा उल्लेखनीय प्रतिकुल असरा नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३