विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेशमा कार्यरत नेपाल विद्युत प्राधिकरणका ४२ कर्मचारी कोरोना (कोभिड–१९) संक्रमित भएका छन् । प्रदेशका विभिन्न जिल्लामा कार्यरत कर्मचारीमा संक्रमण देखिएको हो ।

कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टी भएको प्राधिकरण काठमाडौं प्रदेशिक कार्यालयका प्रमुख श्रीराम पाण्डेले बताए । ‘विद्युत अत्यावश्यक सेवा भएकाले हाम्रा कर्मचारी साथीहरू निशेधाज्ञामा पनि काममा खटिनु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘काममा खटिएका बेला उहाँहरूमा कोरानाको संक्रमण देखिएको छ ।’

उनले संक्रमण पुष्टी भएका सबै कर्मचारीमा सामान्य लक्षणबाहेक गम्भिर समस्या नदेखिएको बताए । संक्रमण पुष्टी भएका कर्मचारी अहिले आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेका बेला प्राधिकरण कर्मचारी पनि संक्रमित हुन पुगेको पाण्डेले बताए । संक्रमण भएकामध्ये धेरैको स्वास्थ्यमा क्रमिश सुधार भइरहेको छ । उनीहरूलाई पूर्ण स्वास्थ्य लाभ भएपछि मात्रै काममा फर्काइने प्राधिकरणले जनाएको छ ।

गत वर्षभन्दा यो वर्ष प्राधिकरण कर्मचारी संक्रमण हुने दर बढेको छ । देशभर नै संक्रमित हुनेको संख्या तीव्र गतिमा बढिरहेकाले प्राधिकरण कर्मचारी संक्रमित हुने दर पनि बढेको हो ।

विद्युत महसुल संकलन काउन्टर, नो लाइट, मर्मत तथा संभार, ग्रिड तथा वितरण सबस्टेसन, जलविद्युतगृहमा खटिने कर्मचारीमा संक्रमणको उच्च जोखिम छ । विद्युत अत्यावश्यक सेवा भएकाले सुरक्षा नियमको पालना गर्दै प्राधिकरण कर्मचारीलाई काममा खटिनु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit