विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको सबस्टेसनमा भरिएको पानी फालेर बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो । 

सबस्टेसन सञ्चालन भएपछि यहाँबाट विद्युत जाने जिल्लाको विद्युत आपूर्ति पनि सुचारु हुन सुरु गरेकाे नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘प्राधिकरणका कर्मचारीको मेहेनत, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीयबासी लगायत सबैको सहयोगमा पानी फालेपछि सबस्टेसन सुचारु भएको छ,’ उनले भने, ‘सबस्टेसन सञ्चालनमा आइसकेकाले अब त्यहाँबाट जाने लाइन पनि क्रमशः सञ्चालन गरेर विद्युत आपूर्ति नियमित भएको छ ।’

प्रदेश-१ का जिल्लामा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेसन डुबानमा परेपछि  मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहको विद्युत आपूर्ति मंगलबार रातिदेखि बन्द हुन पुगेको थियो । सबस्टेसन सञ्चालनमा आएसँगै अहिले अधिकांश स्थानको विद्युत आपूर्ति सुचारु भइसकेको छ । केही स्थानमा आपूर्ति सुचारु गराउने प्रयास भइरहेको छ । 

सबस्टेसनमा जडान भएका उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताए । सबस्टेसनमा जडित ४ वटा पावर ट्रान्सफर्मरको क्षमता  २१९ एमभिए छ । 

यस्तै, वर्षाका कारण अवरुद्ध १३२ केभी अत्तरिया–बलाँच प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । प्रसारण लाइनको रुटमा ढलेका रुखको अवरोध हटाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रमा सञ्चालित जलविद्युतगृहको उत्पादन सुचारु भएको छ । पहाडी जिल्लाको अधिकांश क्षेत्रको विद्युत आपूर्ति पनि सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit