विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । विद्युत् पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवाका बाढी प्रभावित क्षेत्रमा बत्तीको व्यवस्था गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ५०० सोलार पावर बैंक पठाउने तयारी गरेको छ । मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरेर उक्त व्यवस्था गर्न लागेको हाे ।  

बाढीबाट सौर्य तथा जलविद्युत् केन्द्रहरूमा क्षति पुगी करिब ४३१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जा मन्त्रालयले मातहतको संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन गर्न लागेकाे जानकारी दिएको छ ।  

प्रभावित क्षेत्रमा पठाउनका लागि ऊर्जा मन्त्रालयले प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌लाई उक्त सोलार पावर बैंक हस्तान्तरण गर्न लागेको जनाएको छ । 

ऊर्जा मन्त्रीका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले भने, 'रसुवामा हाम्रो सबस्टेसन ध्वस्त बनाएकाले तत्कालै विद्युत् सुचारु गर्न सकिने अवस्था छैन । त्यसैले वैकल्पिकरूपमा बत्तीको व्यवस्थापन गर्न र मोबाइल चार्ज मिल्ने गरी सोलार पावर बैंक विपद् राष्ट्रिय परिषदमा पठाउँदैछौँ ।' 

मन्त्रालयकाअनुसार त्रिशुली स्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षति भएको छ भने ६ वटा प्रसारण लाइन अवरुद्ध छ । 

उनका अनुसार जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेर देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात ४३१.१ मेगावाट विद्युत उत्पादन बन्द भएपछि ऊर्जा मन्त्री विराजभक्त  श्रेष्ठले आपूर्ति प्रणालीमा परेको चापको पनि जानकारी लिइरहेका छन् । यसका लागि मन्त्री श्रेष्ठ बिहीबार नै स्युचारटारस्थित प्रेषण केन्द्र (एलडिसी) को निरीक्षणमा जाने भएका छन् । 

यसबाहेक मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघडा सबस्टेसन सञ्चालनको प्रयास गरिरहेको छ । गुजुरीदेख गल्छीसम्मका क्षेत्रमा धादिङ्गबेसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेकाे छ । 

सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ्ग गर्दै मर्मत गरेर लाइन सुचारु गर्ने प्रयास भइरहेको छ । अवरुद्ध भएको विद्युत्‌का कारण प्रणालीलाई सुचारु राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई सक्रिय गराइएको छ ।

यसैगरी आवश्यक परे भीमफेदीमा रहेको जेनेरेटर पठाउन तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३