विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले निजी तथा सरकारी निकायले पहिचान गरेको  ३४ हजार २ सय मेगावाट बढी क्षमताका जलविद्युत आयोजनालाई अनुमतिपत्र प्रदान गरेको छ । महालेखापरीक्षकले बिहीबार (चैत ३० गते) सार्वजनिक गरेको ६०औं प्रतिवेदन अनुसार विभागले  हालसम्म ९३४ आयोजनालाई अध्ययन र उत्पादन अनुमति दिएको हो ।

विभागले हाल सञ्चालनमा आएको १२१ आयोजना समेत गरी ३४ हजार २ सय ५३ मेगावाटका आयोजनालाई अनुमति प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । अनुमति प्राप्त गर्ने आयोजनामध्ये ३२ हजार २ सय ८४ मेगावाटका ८१३ आयोजना निर्माणका विभिन्न चरणमा छन भने २०८४ मेगावाटका १२१ आयोजना सञ्चालनमा छन् ।

यसैगरी, यो अवधिसम्म विभागले ११ हजार ४ सय १ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्न अनुमति प्रदान गरेको छ । विभागले ३५४ आयोजनालाई अनुमति दिएको छ ।

जसमध्ये, ३७५३ किलोमिटर अध्ययन र ४६३१ किलोमिटर लामो लाइन निर्माणका लागि अनुमति प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, वितरण लाइनतर्फ ३३ केभीए र ११ केभीएका ३०१७ किलोमिटरको अध्ययन भइरहेको छ ।

प्रतिवेदन अनुसार सञ्चालनमा रहेका १२१ जलविद्युत आयोजनाहरूबाट यो वर्ष ३ अर्ब १० करोड २५ लाख ६ हजार रुपैयाँ समेत गरी ३ अर्ब ३५ करोड १२ लाख ११ हजार रुपैयाँ रोयल्टी उठ्नुपर्नेमा ३ अर्ब ५ करोड ७२ लाख ६२ हजार रुपैयाँ मात्र प्राप्त भएको छ । २९ करोड ३९ लाख ४९ हजार रुपैयाँ उठ्नु बाँकी देखिएको छ ।

विभागले विद्युत ऐन, २०४९ को दफा १२ र जलविद्युत विकास नीति, २०५८ अनसुार प्रवद्र्धकलाई सटही सुविधा ५ अर्ब १५ करोड ९४ लाख ७६ हजार र मूल्य अभिवृद्धि कर छुट १८ अर्ब ७ करोड १७ लाख ९ हजार रुपैयाँ समेत गरी २३ अर्ब २३ करोड ११ लाख ८५ हजार रुपैयाँ सुविधा उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit