विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले माघ पहिलो साताबाट साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माण भएको २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको साधारण सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो । 

आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सम्भव भएसम्म माघ २ गतेबाट सेयर निष्कासन गर्ने तयारी भइरहेको कम्पनीका सञ्चालक बटु लामिछानेले बताए । उनका अनुसार प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याइएको सेयर बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि सेयर निष्कान गर्ने तयारी छ । नेपाल धितो पत्र बोर्डले बुधबार सेयर निष्कासनको अनुमति दिएको छ ।

कम्पनीले निष्कासन गर्ने ४३ करोड ५० लाख रुपैयाँ मूल्यको ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये प्रभावित क्षेत्रका स्थानीयका लागि १४ लाख ५० हजार कित्ता छुट्यायएको छ । सर्वसाधारणका लागि २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर छुट्यायएको छ । स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको सेयर स्वपुँजी लगानीको ३० प्रतिशत हो ।

‘हामीले एक वर्षअघि नै सेयर निष्कासन गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटलको लापरबाहीले गर्दा ढिलो हुन पुग्यो ।’ उनले कम्पनीको नबिकेको सेयर प्रत्याभूति गर्न भएको सम्झौता ग्लोबल आइएमई क्यापिटलले तोड्दा १० करोड रुपैयाँ व्याय भार थपिएको आरोप लगाए ।
 
सेयर निष्कासन तथा बाँडफाँड गर्न मेगा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन । 

प्राधिकरणले माघभित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएकाले अब चाँडै आयोजनाको विद्युत जोडिने सम्भावना बढेको लामिछानेले बताए । प्रसारण लाइन समस्याले ६ महिनादेखि सिंगटी प्रणालीमा जोडिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३