विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत तथा सौर्य ऊर्जामा लगानी गर्दै आएको अपि पावर कम्पनीले २९ प्रतिशत  (१ः०२९ अनुपात) हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई दोस्रो चरणको हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले अब आफ्ना लगानीकर्ताका लागि ५६ करोड ७० लाख रुपैयाँ मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । केही दिनमै हकप्रद सेयर निष्कासनकाे मिति सार्वजनिक गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार हकप्रद सेयर बिक्रीबाट संकलन भएको रकम निर्माणाधीन सौर्य विद्युत तथा जलविद्युत आयोजनामा लगानी गरिने छ ।कम्पनीले यसअघि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म पहिलो चरणमा ४७ प्रतिशत (१ः०४७ अनुपात) हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले अहिले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको ३० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ ।

यस्तै, रौतहटमा ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना पनि निर्माण गरिरहेको छ । यो सौर्य विद्युत आयोजनाबाट बैशाखभित्रै विद्युत उत्पादन सुरु हुँदैछ ।

१/१ मेगावाटका २  सौर्य विद्युत आयोजनाको निर्माण चाँडै सुरु हुँदैछ । यसअघि निर्माण पूरा भएका साढे १६ मेगावाटका २ जलविद्युत आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit