विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर ९, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने गरी डिजाइन अगाडि बढाइएको छ । अपेक्षितभन्दा लामो सुरुङ निर्माण गर्नुपर्ने जटिलता रहेको हुँदा उक्त प्रविधि प्रयोग गर्ने डिजाइन बनाउन लागिएको हो ।

झण्डै १८ किलोमिटरसम्म लामो सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा टिबिएम प्रयोग गर्ने गरी डिजाइन सुरु गरेको दूधकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले बताए । उनका अनुसार आयोजनाको मुख्य सुरुङ (हेडरेस टनेल) को लम्बाइ १३ किलोमिटर र दुईवटा एडिट सुरुङहरूको लम्बाइ करिब ५ किलोमिटर खन्नुपर्ने छ ।

‘लामो सुरुङ खन्नुपर्ने र अन्य समस्यालाई समेत सरलीकृत गर्नका लागि हामीले अहिले टिबिएम मेथडबाट सुरुङ खन्ने गरी डिजाइन गर्दैछौं,’ उनले भने, ‘टिबिएमबाट खन्दा एडिट सुरुङहरू बनाउनु नपर्ने र १८ किलोमिटरको सट्टा १३ किलोमिटरमात्र खने पुग्छ ।’

यसैगरी, टिबिएम प्रयोग गर्दा एडिट सुरुङसम्म पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग समेत निर्माण गर्नु नपर्ने उनको भनाइ छ । खर्चका हिसाबले उस्तै हुन आउने हुँदा टिबिएम विधिको प्रयोग बढी व्यवहारिक हुने पनि उनले बताए ।

अहिलेसम्म भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन (पथान्तरण) आयोजनामा उक्त मेसिन प्रयोग गरिएको छ । दूधकोसीका लागि टिबिएम प्रविधि प्रयोगको निर्णय भएमा जलविद्युत् आयोजनाका लागि पहिलो हुनेछ । यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत चासो रहेको गुरुङले बताए ।

यसअघिका दुई परियोजनामा प्रयोग गरिएको हुँदा उक्त विधि सम्पूर्ण रूपमा जोखिममुक्त (जोखमविहीन वा जोखिमरहित वा जोखिम नभएको) भन्ने होइन तर मानवीय जोखिम शून्य प्रायः हुने अध्ययनले देखाएको छ । यसका राम्रा र नराम्रा पक्षबारे अहिले विस्तृत अध्ययन तथा छलफल भइरहेको गुरुङले जानकारी दिए ।

टिबिएम ढुवानी गर्न सगरमाथा राजमार्गको गाईघाटदेखि उकालो नकटेसम्म करिब ३० किलोमिटर सडक खण्डमा समस्या नरहेको तर रानीबास कटेपछि भने ओरालो फोक्सिङटारसम्म जटिलता रहेको अध्ययनले देखाएको छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋण र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

एसियाली विकास बैंक (एडिबी) को नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ ।यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । एडिबीको नेतृत्वमा सन् २०२४ भित्र वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजना निर्माणबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका ३ हजार १ सय ३९ घरधुरी प्रभावित हुने छन् । जसमध्ये २३८घरधुरी पूर्ण २९०१ घरधुरी आंशिकरूपमा प्रभावित हुनेछन् । आयोजनाका लागि करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ ।

करिब ७ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसमध्ये सुख्खायाममा १ अर्ब ३६ करोड र वर्षायाममा २ अर्ब ८ करोड युनिट विद्युत् उत्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३