विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अन्नपूर्ण पावर कम्पनीले ४३ मेगावाटको अप्पर मादी-० जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको कास्की जिल्लामा पहिचान भएको आयोजना निर्माण गर्ने भएको हो ।

अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले  ३५ दिनभित्र प्राप्त हुने गरी राय÷सुझाव पठाउन सरोकारवाला  समक्ष आग्रह गरेको छ ।

निर्माण सम्पन्न भएपछि २७०.३५८ गिगावाट घण्टा विद्युत उतत्पादन हुने यो आयोजना नदी प्रवाहमा आधारित रन अफ रिभर प्रकारको हो । आयोजनाको खोलामा बाँध बाँधी पानीलाई ३२०७ मिटर लामो हेडरेस पाइप र ३१५ मिटर लामो पेनस्टक पाइप मार्फत विद्युत गृहमा पुर्याइनेछ । विद्युतगृहमा जडान भएको टर्वाइनमा जडित जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ ।

आयोजनाबाट २०८२ पुस २४ गतेदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको पनि कम्पनीले जनाएको छ । आयोजना उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनीले आफैले निर्माण गर्नेछ ।

आयोजनाको निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, बायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit