विद्युत अपडेट

  • प्राधिकरण : ८२७० मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९८३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३०९ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७२८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ६५६६२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९७३ मे.वा.
२०८२ भदौ १९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा देशैभर वृक्षारोपण गरेको छ । प्राधिकरणका देशभरका कार्यालयले आ–आफ्ना क्षेत्रमा गरी साउन १५ गते कुल १० हजारभन्दा बढी बिरुवा रोपिएको हो ।

प्राधिकरणका अनुसार वार्षिकोत्सव समारोह मूल प्रबन्ध समिति–२०८२ अन्तर्गतको प्रचार प्रसार उपसमितिको संयोजनमा भक्तपुरस्थित तालिम केन्द्र परिसरमा वृक्षारोपण गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री खमबहादुर गर्बुजाको उपस्थितिमा उक्त केन्द्रमा विभिन्न प्रजातिका फलफूलका करिब १ सय वटा बोटबिरुवा रोपिएका छन् । 

विद्युत्‌का उत्पादन, प्रसारण तथा वितरण संरचना निर्माण गर्ने क्रममा हुने गरेको रुख कटानबाट पर्यावरणीय सन्तुलनमा पर्ने असर कम गर्न वृक्षारोपण गरेको हो । 

पर्यावरणको रक्षा गर्दै विकासलाई सन्तुलित रूपमा अघि बढाउन हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर साउनको १५ गते वृक्षारोपण गरिँदै आएको प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३