विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको संस्था लोकसले आठौँ संस्करणको ‘इनर्जी ह्याकाथन ८.०’ कार्यक्रम सम्पन्न गरेको छ । माघ ११ देखि १३ गतेसम्म संस्थाले आयोजना गर्न लागेको २१ औँ राष्ट्रिय प्राविधिक मेलाको पूर्व–कार्यक्रम (प्रि–इभेन्ट) का रूपमा ह्याकाथन आयोजना गरिएको आयोजक समितिका सदस्य सन्दीप रोकायाले बताए । 

उनका अनुसार इलेक्ट्रिकल इन्जिनियरिङतर्फ चौथो वर्षमा अध्यनरत विद्यार्थीले पुस २९ गते आयोजना गरेको कार्यक्रममा वैकल्पिक ऊर्जा, विद्युत् माग व्यवस्थापन र ऊर्जा दक्षता गरी ३ वटा वर्गमा ४/४ जना विद्यार्थीको ३२ समूहले सहभागिता जनाएका थिए । 

ह्याकाथनअन्तर्गत नेपाल विद्युत् प्राधिकरण, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) जस्ता ऊर्जासँग सम्बन्धित निकायसँग माग गरिएका समस्या समाधानका लागि विद्यार्थीका ३२ वटै समूहले विभिन्न प्राविधिक उपायसहितको समाधान प्रस्तुत गरेका थिए । ती मध्ये प्रत्येक वर्गबाट ४/४ वटा समूह छनोट भई उनीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा पहिलो हुने प्रत्येक वर्गका समूहलाई २५/२५ हजार रुपैयाँका दरले (७५ हजार रुपैयाँ) नगद पुरस्कारसहित सम्मान गरिएको रोकायाले बताए ।

उनका अनुसार ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सहयोग होस् भन्ने उद्देश्यले ह्याकाथनको आयोजना गरिएको हो । कार्यक्रममा विजेता विद्यार्थी समूहले प्रस्तुत गरेको समाधान उपयोगी देखिएको अवस्थामा सम्बन्धित निकायले त्यस्ता समाधान प्रस्तुत गर्ने समूहका विद्यार्थीमार्फत समाधानका खाका कार्यान्वयनमा लानेछन् । यसले शैक्षिक तथा औद्योगिक संस्थाबीच सहकार्य बढाउन समेत हयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

ह्याकाथन अन्तर्गत परामर्श तथा शिक्षण (मेन्टरिङ एन्ड टिचिङ) सत्र पुल्चोक क्याम्पसमै सम्पन्न गरिएको थियो । यसको अन्तिम सत्र भने एकेडेमी अफ कुलिनरी आर्ट लगनखेलमा सञ्चालन गरिएको थियो ।

ह्याकाथन कार्यक्रमलाई एइपिसीअन्तर्गतको ग्रामीण जीवीकाका लागि नवीकरणीय ऊर्जा (आरईआरएल) कार्यक्रम, जर्मन सहयोग नियोग (जिआइजेड), एनइए इन्जिनियरिङ कम्पनी, निक ट्रान्सफर्मर कम्पनी, के एन्ड ए कन्सल्टिङ कम्पनीले आर्थिक सहयोग तथा परामर्श (मेन्टरसीप) प्रदान गरेका थिए । 

ऊर्जा खबर ह्याकाथनसहित २१ औँ प्राविधिक मेलाको मिडिया पार्टनर रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३