विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अमेरिकी सहयोग नियोग (एमसीसी) अन्तर्गत निर्माण हुने ३१५ किलोमिटर प्रसारण लाइनमध्ये १८ किलोमिटर खण्डको ठेक्का स्वदेशी कम्पनी मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले पाउने भएको छ ।

मुडभरी एन्ड जोशीले मलेसियन कम्पनी एचजी पावर ट्रान्समिसन एसडीएन, बीएचडीसँगको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा नवलपुरको २२० केभी भूमही सबस्टेसनदेखि भारतीय सीमासम्म ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणको जिम्मा पाउने करिब टुंगो लागेको हो । परियोजना कार्यान्वयनकर्ता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) ले सोमबार (जेठ १४ गते) खोलेको आर्थिक प्रस्तावमा दुई भारतीय कम्पनीले भन्दा उसले कम रकम कबुल गरेको छ ।

एमसीए नेपालले उक्त खण्डको निर्माणका लागि १ करोड ३२ लाख ४० हजार अमेरिकी डलर (करिब १ अर्ब ७५ करोड ९४ लाख ६३ हजार रुपैयाँ) मा कामलाई तीव्रता दिने गरी (एक खामे–सिंगल इन्भेलप) प्रतिस्पर्धा गराएको थियो । मुडभरी एन्ड जोशीले मलेसियन कम्पनीको संयुक्त उपक्रममा तोकिएको खण्ड निर्माण गर्न १ करोड २७ लाख ९५ हजार ९ सय ६९ अमेरिकी डलरमा हालेको थियो । यो रकम संयुक्त उपक्रमले कुल बिलमा १.५ प्रतिशत छुट दिने कबोलसमेत गरेर अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा कम हो ।

उक्त ठेक्कामा पहिलोमा मुडभरी एन्ड जोशी, दोस्रोमा भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेड र तेस्रोमा भारतकै केइसी इन्टरनेशनल परेका थिए । ट्रान्सरेल र केइसीले क्रमशः १ करोड २९ लाख ५४ हजार अमेरिकी डलर र केइसीले १ करोड ३० लाख ९८ हजार अमेरिकी डलरमा ठेक्का प्रस्ताव गरेका थिए ।

एमसीए नेपालले उपकरण डिजाइन, आपूर्ति, सामान ढुवानी, परीक्षण र निर्माण सम्पन्न लगायत काम गर्ने गरी ठेक्का प्रस्ताव आह्वान गरेको थियो । पहिलो पटकको प्रतिस्पर्धामा लागत अनुमानभन्दा बढी रकमको आर्थिक प्रस्ताव परेकाले त्यो रद्द गरी नयाँ प्रस्ताव आह्वान गरिएको थियो ।

२९७ किलोमिटर खण्डको प्रक्रिया : २२ करोड ६ लाख अमेरिकी डलर लागत अनुमान रहेको ३१५ किलोमिटर प्रसारण लाइनमध्ये २९७ किलोमिटरको भने अझै ठेक्का हुन सकेको छैन । पहिलो प्याकेजको ११७ किलोमिटरको ठेक्का प्रस्ताव नै कुल लागतभन्दा बढी परेपछि रद्द गरिएको थियो । यसको पुनः प्रक्रिया अगाडि बढाइएको छ । एमसीसी अन्तर्गतका तीनवटा सबस्टेसनमध्ये भरतपुर सबस्टेसन निर्माण गर्न उद्घाटन भइसकेको छ ।

मुडभरी एन्ड जोशीको विगत

प्रसारण लाइन निर्माण क्षेत्रमा मुडभरी एन्ड जोशी एक पुरानो कम्पनी हो । यसले, अहिलेसम्म देशमा दर्जनौं प्रसारण तथा वितरण लाइन निर्माण गरिसकेको छ । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले नेपालगन्ज–नानपारा १३२ केभी सीमापार प्रसारण लाइन निर्माणको ठेक्कासमेत दिएको छ ।

यसैगरी, केही समयअघि मात्र बुटवल–लुम्बिनी १३२ केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण पनि पूरा गरिसकेको छ । साथै, यस कम्पनीले मलेसियन कम्पनी एचजीपीटीसँगको जेभीमा हाल पिलुवा–परवानीपुर १३२ केभी लाइनको क्षमता अभिवृद्धिको काम गरिरहेको छ ।

एचजीपीटीसँगको सहकार्यमा हेटौंडादेखि कमाने र कमानेदेखि पिलुवा १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धिको काम पूरा गरेको छ । साथै, भर्खरै स्यूचाटार–बालाजु १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धिको काम पूरा गरी स्यूचाटार–मातातीर्थ १३२ केभी प्रसारण लाइनमा समेत काम गरिरहेको छ ।

उता, पिलुवा (पथलैया ) देखि ढल्केबरसम्म १३२ केभी प्रसारण लाइनको काम भइरहेकोमा स्थानीयवासीको अवरोधका कारण केही समयदेखि रोकिएको छ । यो विवाद मिलाउन प्राधिकरणसँग समन्वयमा प्रयास भइरहेको जनाइएको छ ।

यसअघि, मुडभरी एन्ड जोशीसँग संयुक्त उपक्रम गरेको मलेसियन कम्पनी एचजी पावर ट्रान्समिसन प्राधिकरणको एउटा प्रसारण लाइनको ठेक्कामा सम्झौता गर्न नआएपछि उसको ठेक्का रद्द गरिएको थियो ।

अहिले, मुडभरी एन्ड जोशीलाई रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सन् २०२३ जनवरी २० देखि २०२५ जनवरी २० सम्म कालोसूचीमा राखेको छ । तर, यो कम्पनीले सर्वाेच्च अदालतबाट २०७९ चैत १० गते अन्तरिम आदेश जारी गराउन सफल भई कालोसूचीको निर्णय स्थगन गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३