विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुनसरी मोरङलगायतका औद्योगिक क्षेत्रमा दैनिक १४ घन्टासम्म अघोषित लोडसेडिङ सुरु भएपछि उद्याेगी व्यवसायीले यसकाे तीव्र विराेध गरेका छन् । रुस र युक्रेनबीच चलेको युद्धका कारण भारतमा कोइलाको आयातमा समस्या भएसँगै यसको असर नेपालको विद्युत आपुर्तिमा देखिएकाे छ । यही कारण, नेपाल विद्युत प्राधिकरणले देशैभरका ठूला उद्याेगकाे लाइन काटेपछि उद्याेगहरूले विराेध जनाएका हुन् ।

गत चैत १० गते (बिहीबार) प्राधिकरणले पत्रकार सम्मेलन गरेर भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विद्युत आयात गरेर समस्या समाधान गर्ने जनाएको थियो । तर, एकसाता अघिदेखि प्राधिकरणले महँगोमा विद्युत आयात गर्ने बताए पनि अहिलेसम्म दैनिक १४ घन्टा विद्युत कटौती भएको उद्योगीहरूले जनाएका छन् ।

लोडसेडिङका कारण ६० प्रतिशतसम्म उत्पादन कटौति हुने थालेपछि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र उद्योग परिसंघ प्रदेश १ समितिले मंगलबार संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै लोडसेडिङ अन्त्य गर्न माग गरेका छन् । उद्योगीले सरकारले लोडसेडिङ अन्त्य भयो भनेर व्यवसायीहरुलाई गुमराहमा राखेका भन्दै चर्को विरोध जनाएका छन् ।

अब कहिल्यै लोडसेडिङ नहुने भन्दै आश्वस्त पारेर पुनः १४ घण्टासम्म लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीहरुले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूहरूलाई ढाँटेको आरोप लगाए । उनीहरूले लोडसेडिङको समस्याका बारेमा यथार्थ जानकारी समेत नपाएको र लोडसेडिङको तालिका समेत उपलब्ध नगराएको भन्दै घिसिङको तीव्र आलोचना गरेका छन् ।

बैंकको चर्को व्याजदर विरुद्ध आवाज उठाइरहेको बेलामा प्राधिकरणले अघोषित लोडसेडिङ गरेर थप आहत बनाएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । ‘सरकारले उद्योगी व्यवसायीहरुलाई मात्रै अचानोमा पार्यो, औद्योगिक फिडरमा अहिले १४ घण्टासम्म विद्युत कटौति भइरहेको छ’ रिजालले भने, ‘घिसिङले उद्योग पुगेर विद्युत चाहिएजति छ भने अहिले हामीलाई नै गुमराहमा राख्न खोजेको पाइयो ।’ उनले जेनेरेटरबाट उद्योग चलाउँदा पनि डिजेलको लागतले उत्पादनको लागत बढ्ने बताए । 

ग्राहकलाई नै गुमराहमा राख्न खोजिएको आरोप लगाउँदै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले पिक आवरको समय देखाएर उद्योग व्यवसायको लाइन काटिएको बताए । ‘हाम्रो देशमा अब विद्युत जाँदैन भनिएको थियो, हामीलाई उद्योगमा लगानी गर्न भनियो, उद्योगीहरुले पनि करोडौं लगानी फसाइसके’ उनले भने, ‘आज प्राधिकरणले हात उठाउन मिल्दैन, हामीले जान्न खोज्दा सम्पर्कमा आएका छैनन् ।’ 

पहिले दुई रुपैयाँ प्रति युनिटमा खरिद गरेर प्राधिकरणले उद्योगीहरुलाई ७/८ रुपैयाँमा विद्युत बिक्री गर्दै नाफामुखी भएको, तर अहिले उद्योगीहरुलाई पर्दा अघोषित रुपमा लोडसेडिङ सुरु गरेको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । प्राधिकरणले महंगोमा किनेर भए पनि विद्युत उपलब्ध गराउनुपर्छ, हिजो हामीसँग लिएको नाफा यहि बेलामा लगानी गर्नुपर्ने घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३