विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको पश्चिम क्षेत्रमा विद्युतीकरण गर्नका लागि निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन र लाइनको परीक्षण सुरु भएको हो ।

पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ४ मोहनचोक सबस्टेसनबाट म्याग्दीकाे मालिका गाउँपालिका वडा नम्बर ६ मा रहेको रातोढुङ्गासम्म लाइन निर्माण गरिएकाे छ । साथै, ३३/११ केभीको रातोढुङ्गा सबस्टेसन निर्माण भएको भएको छ ।

लाइन र सबस्टेसनको निर्माण पूरा गरी बिहीबार (मंसिर २८ गते) देखि चार्ज गरिएको  ठेकेदार त्रिपुरेश्वर-जयदुर्गे जेभीका निर्देशक पद्मसागर लुइँटेलले बताए । उनले प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने, सबस्टेसनमा संरचना निर्माण र उपकरण जडानको काम सकिएर परीक्षण सुरु भएको जानकारी दिए ।

प्राधिकरणको प्राविधिक टोलीले परीक्षण गरिरहेका छन् । परीक्षण पूरा गरेर एक सातापछि सञ्चालन गर्ने योजना रहेको पनि लुइँटेलले बताए ।

लाइन र सबस्टेसनको काम यसअघि नै सम्पन्न गर्ने योजना भएपनि सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाइएको छ । पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएका थिए ।

निर्माणमा भएको ढिलाइले म्याग्दीका पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको म्याग्दी वितरण केन्द्रले जनाएको छ ।

केन्द्र अन्तर्गत अहिले विद्युतीकरणको काम तिव्र गतिमा भइरहेको छ । यो वर्ष सबै क्षेत्रमा राष्ट्रिय ग्रिडको बिजुली पुर्याउने गरी काम भइरहेको केन्द्रले जानकारी दिएको छ । केन्द्र अन्तर्गत अहिले २१ हजार १३० ग्राहक छन् ।

वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत १२ वटा वितरण सबस्टेसन निर्माण गर्नुपर्नेमा १० वटा सञ्चालनमा आइसकेकाे लुइटेलले बताए । रातोढुङ्गा ११औं सबस्टेसन हाे । बाँकी घ्याम्पेताल सबस्टेसनकाे काम पनि अन्तिम चरणमा पुगेकाे छ । उक्त सबस्टेसन पनि एक महिनाभित्र सञ्चालनमा आउने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit