काठमाडौँ । कस्मिक इलेक्ट्रिकल लिमिटेडका प्रबन्ध निर्देशक महेश महतो 'उद्यमशील इन्जिनियर उत्कृष्टता पुरस्कार'बाट सम्मानित भएका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) ले आफ्नो ६३औँ 'इन्जिनियर्स डे'को अवसरमा उक्त पुरस्कार प्रदान गरेको हो ।
महतोको नेतृत्वमा सञ्चालित कोस्मिक इलेक्ट्रिकलले विद्युत् प्रसारण, ग्रामीण विद्युतीकरण तथा स्वच्छ ऊर्जा विकासमा काम गर्दै आएको छ । यस क्षेत्रमा थुप्रै महत्त्वपूर्ण ईपिसी मोडलमा आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरेको छ । सोही अवसरमा नवप्रवर्तन, विद्युतीकरण र अन्तर्राष्ट्रिय सहकार्यमार्फत सन् २०३५ सम्म ५ करोड नागरिकको जीवन सशक्त बनाउने लक्ष्य लिएको उनले बताए ।
'यो सम्मान हाम्रो साझा दृष्टिकोण– इन्जिनियरिङ उत्कृष्टता र सामाजिक प्रभावमार्फत उज्ज्वल भविष्य निर्माण–को प्रतिबिम्ब हो,' उनले भने ।
एनइएमा हाल ४५ हजारभन्दा बढी इन्जिनियरहरू अवद्ध छन् ।