विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यातको औपचारिक शुभारम्भ गरिएको छ । भारतको प्रसारण ग्रिड प्रयोग गरी नेपालबाट बंलादेशमा आगामी ५ वर्षसम्म सो परिमाणको विद्युत् निर्यात गर्ने कार्यकाे सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी शुक्रबार शुभारम्भ गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको उपस्थितिमा भएको कार्यक्रममा भारतका विद्युत् मन्त्री मनोहर लाल खट्टर र बंगलादेशकाे विद्युत्, ऊर्जा तथा खनिज स्राेत मन्त्रालयका सल्लाहाकार माेहम्मद फाैजुल कविरको ‘भर्चुअल’ सहभागिता थियो ।

विद्युत् निर्यातको संयुक्त शुभारम्भ कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले नेपालबाट पहिलो पटक बंगलादेशमा विद्युत् निर्यात शुरू भएको भन्दै यसले समग्र दक्षिण एसियाकै ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण कार्यको शुभारम्भ भएको बताए । समकक्षी भारतीय मन्त्री तथा बंगलादेशका सल्लाहाकारले समेत ऊर्जा सुरक्षाका लागि नयाँ सहकार्यको शुरूवात भएको बताए ।

बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने विषयमा गत असोज १७ गते त्रिपक्षीय सम्झौता भएको थियो । त्यतिबेला, नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का क्रमशः भारतबीच सम्झौता भएको थियो । ‘पावर सेल्स एग्रिमेन्ट’ (पीएसए) नाम दिइएको सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मोहम्मद रेजुल करिम र एनभीभीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारंगले हस्ताक्षर गरेका थिए ।

नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी–जेएससी) को गत असोज १६ गते सम्पन्न छटौँ बैठकले उक्त विद्युत् व्यापारमा त्रिपक्षीय सम्झौता गर्ने टुङ्गो लगाएको थियो । सम्झौता अनुसार प्राधिकरणले वर्षायामको ६ महिना (हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म) ५ वर्षसम्म ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४० अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् बिक्री गर्नेछ । नेपालबाट भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले नै तिर्ने व्यवस्था गरिएको छ ।

नेपालले भारतको मुजफ्फरपुरमा विद्युत्‌को मिटर राखेर सोही मिटरअनुसार भारतमा विद्युत् निर्यात गर्ने सम्झौतामा छ । मुजफ्फरपुरबाट विद्युत् निर्यात गर्दा हुने प्राविधिक नोक्सानी (ट्रान्समिसन लस) प्राधिकरणले व्यहोर्ने उल्लेख छ । त्यस्तै, मुजफ्फरपुरबाट बंगलादेशको सीमासम्म हुने विद्युत्ंको नोक्सानी बंगलादेशी पक्षले व्यहोर्ने छ । बेहरामपुर (भारत)–भेरामेरा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फ नेपालको विद्युत् बंगलादेश पुर्‍याइने छ । बंगलादेशमा ५ वर्षसम्म विद्युत् निर्यात गर्न गरिएको यस सम्झौता अनुसार हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुनेछ । नेपाल सरकारले करिब १० वर्षभित्र १० हजार मेगावाट भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई गरी कूल १५ हजार मेगावाट विद्युत् निर्यात शुरू गर्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका अनुसार २४ मेगावाटको त्रिशूली, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात हुनेछ । यी आयोजनाले भारतमा विद्युत् निर्यात गर्न स्वीकृति पाइसकेका छन् । नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्न २०८० सालको मंसिरमै बंगलादेशको मन्त्रिपपरिषद्ले बीपीडीबीलाई स्वीकृति दिइसकेको थियो । त्यस्तै, विद्युत् आयातनिर्यातको दरबारे २०८० साल फागुनमा प्राधिकरण र बीपीडीबीबीच सहमति भएको थियो । सोही वर्षको साउन १३ गते काठमाडौँमा त्रिपक्षीय सम्झौता गर्ने तयारी भएको थियो तर बंगलादेशमा राजनीतिक समीकरण तथा सत्ता परिवर्तन भएसँगै सम्झौता रोकिएको थियो । हाल बनेको अन्तरिम सरकारले सम्झौता अघि बढाउने निर्णय गरेपछि सम्झौता सफल भएको थियो । सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने र १५ हजार मेगावाट निर्यात गर्ने कार्ययोजना अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३