विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसायनिक मल उद्योगमा उपयोग हुने हरित हाइड्रोजन स्वदेशमै उत्पादन गर्न आर्थिक तथा प्राविधिकरूपले सम्भाव्य देखिएको छ । काठमाडौं विश्व विद्यालय (केयु) ले गरेको अध्ययन अनुसन्धानमा विद्युत महसुल दर प्रतियुनिट ३ रुपैयाँसम्म हुँदा युरिया मल उद्योगका लागि विद्युत उपयोग गरी उत्पादन हुने हरित हाइड्रोजनको प्रयोग नाफामुखी हुने देखिएको हो ।

आइतबार आयोजना गरिएको ‘हाइड्रोजन र नेपालमा युरिया मल उत्पादन’ विषयक अन्तक्र्रिया कार्यक्रममा केयुका एसोसियट डिन ब्रिजेश अधिकारीले हरित हाइड्रोजन उत्पादनको सम्भाव्यताका बारेमा पहिलो पटक अध्ययन अनुसन्धान गर्दा आर्थिक तथा प्राविधिकरूपमा सम्भव देखिएको बताए ।

‘विश्व विद्यालयले सिमित स्रोत र साधनबाट स्वदेशमै उत्पादित विद्युतको उपयोग गरी हरित हाइड्रोजन उत्पादनको सम्भाव्यता अध्ययन गरेको छ । प्रारिम्भकरूपमा गरिएको अध्ययन अनुसन्धानबाट राम्रो नतिजा आएको छ,’ उनले भने,‘राज्यले पनि लगानी गरेर अध्ययन गर्ने हो भने अझै राम्रो नतिजा आउँछ भन्ने लागेको छ ।’

केयुका सहायक प्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्यापका प्रमुख विराज सिंह थापाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले हरित हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि सस्तो दरमा विद्युत दिने प्रतिबद्धता जनाएकाले आर्थिक र प्राविधिकरूपमा सम्भव हुने बताए । 

‘प्रतियुनिट ३ रुपैयाँ दरसम्ममा विद्युत पाउने हो भने मल उद्योगका लागि आयातित प्राकृतिक ग्यासभन्दा हरित हाइड्रोजन सस्तो र नाफामुखी हुने अध्ययनले देखाउँछ,’ उनले भने, ‘प्राधिकरणले प्रतियुनिट २ रुपैयाँसम्ममा विद्युत दिएमा अझै सहज हुन्छ ।’ उनले आउने केही वर्ष विद्युत महसुलका कारण हरित हाइड्रोजन उत्पादन लागत महंगो जस्तो देखिने भए पनि भविश्यमा विद्युत सस्तो हुँदै जाँदा दीर्घकालमा फाइदा हुने बताए ।

आन्तरिक विद्युत उत्पादन बढिरहेकाले तथा अहिले सञ्चालनमा रहेका जलविद्युत आयोजना अनुमतिपत्रको अवधि सकिएपछि सरकारको स्वामित्वमा आउँदा विद्युत महसुल पनि कम हुने हुँदा दीर्घकालमा यो व्यवसाय नाफामुखी हुने बताए । हरित हाइड्रोजन उत्पादन सस्तो बनाउन रातको समय कम दरको विद्युत उपयोग गर्न सकिनेमा पनि उनले जोड दिए ।

‘हरित हाइड्रोजन उत्पादनमा उपयोग हुने विद्युतको महसुल दर त विस्तारै कम हुँदै जान्छ नै । तर, आयातित प्राकृतिक ग्यासको मूल्य हरेक वर्ष बढ्ने हुँदा दीर्घकालका लागि हरित हाइड्रोजनको विकल्पमा जानु नै उपयुक्त हुने पनि हाम्रो अध्ययनले देखाएको छ’ उनले भने ।

केयुको केमिकल इन्जिनियरिङ विभागका प्रमुख विवेक उप्रेतीले कार्यक्रममा युरिया उत्पादन गर्दा आयातित ग्यास र हरित हाइड्रोजनको उपयोगबारे प्राविधिक जानकारी दिए । उनले आयातित ग्यास र हरित हाइड्रजन उपयोग गर्दाको भिन्नताबारे पनि प्रकाश पारे । भविश्यलाई हेर्ने हो भने मल उद्योगका लागि हरित हाइड्रोजनको उपयोग नै उपयुक्त हुनेमा उनले जोड दिए ।

लगानी बोर्डले गरेको अध्ययन प्रतिवेदनमा हाइड्रोजन उत्पादन गर्ने उद्योगले पाउने विद्युत अन्य उद्याेगले पाउने सरह नै हुने हुँदा रसायनिक मल उत्पादन गर्दा आयातित ग्यासको उपयोग सस्तो हुने भनेको थियो । नेपालमा हरित हाइड्रोजनको उत्पादन तथा उपयोगको विषय नयाँ भए पनि विश्वमा यो प्रविधिको प्रयोग बढिरहेको छ ।

छिमेकी भारतमा समेत हरित हाइड्रोजन उत्पादन गर्ने प्लान्टहरू स्थापना भइरहेका छन् । नेपालमा केयुले समय–समयमा हरित हाइड्रोजन उत्पादनको सम्भावताकाबारेमा सम्बन्धित सरोकारवालालाई आफुले गरेको अध्ययन अनुसन्धानबाट पत्ता लागेको विषयबारे जानकारी गराउँदै आएको छ । केयुले हालै ऊर्जा, कृषि तथा पशुपन्छी विकास, अर्थ र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको छलफलका क्रममा पनि हरित हाइड्रोजनको उत्पादन तथा उपयोगका सम्बन्धमा ध्यानाकर्षण गराएको थियो ।

याे पनि पढ्नुहाेस् रसायनिक मल उत्पादनमा हरित हाइड्रोजन उपयोग बढाउन आवश्यक विद्युत दिने भुसालको प्रतिबद्धता

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३