विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ असार १, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त ३३/११ केभीको छतिवन सबस्टेसन (मकवानपुर) बिहीबार (कात्तिक २९ गते) बाट पुनः सञ्चालनमा आएको छ । मकवानपुरको हेटौँडा क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्न बकैया गाँउपालिकाको हात्तिसुँडेमा हालसालै निर्माण गरी सञ्चालनमा रहेकाे सबस्टेसन अहिले पुनः सञ्चालनमा आएको हो । 

पूर्वी मकवानपुर (हेटौँडादेखि पूर्व) को विद्युत् आपूर्ति भरपर्दो र दीर्घकालीन बनाउन २५ किलोमिटर लामो ३३ केभी वितरण लाइन र सबस्टेसन निर्माण गरी केही समयअघि मात्र सञ्चालनमा ल्याइएको थियो । तर, गत असोज ११ र १२ गते आएको भीषण बाढीले सबस्टेसनमा क्षति पुर्‍याएको थियो । 

आयोजनाको नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गतको वितरण प्रणाली सुदृढीकरण तयार गरी पुनः सञ्चालनमा ल्याइएको आयोजना प्रमुख बोधराज ढकालले बताए । 

‘निर्माण शुरू भएको ५ वर्षपछि करिब ११ महिनाअघि २०८० पुसमा मात्रै सबस्टेसन सञ्चालनमा आएको थियो,’ उनले भने, ‘सञ्चालनमा आएको करिब १० महिना पनि नपुग्दै बाढीले क्षतिपुर्‍याएपछि यस क्षेत्रमा भरपर्दो विद्युत् आपूर्तिमा चुनाैती थपिएकाे थियो ।’ 

सबस्टेशन पुनः सञ्चालनमा आएपछि यस क्षेत्रमा लो भोल्टेजको समस्या समाधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३