विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकामा २२० किलोवाटको लघुजलविद्युत् आयोजना पुनःस्थापना भएको छ । करिब साढे दुई वर्ष लगाएर पुनर्निर्माण गरिएको आयोजनाको आज (बैशाख २२ गते) उद्घाटन गरिएको छ ।

आयोजनाको बुधबार भारतीय दूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति जुम्लाका अध्यक्ष लालबहादुर सार्की, उपभाेक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढथापा, पूर्व सांसद ललितजंग शाही र प्राधिकरणले भर्चुअल माध्यममार्फत संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

प्राकृतिक विपद्का कारण क्षति पुगेको आयोजना ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारतको अनुदानमा पुनर्निर्माण गरिएको हो । पुरानो भएर उत्पादन घट्दै गएपछि पनि यसको पुनःनिर्माणमा जोड दिइएको थियो ।

३ करोड ९ लाख रुपैयाँ लागतमा निर्माण भएको आयोजनामा भारतले २ करोड ६३ लाख ७७ हजार १४ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । बाँकी रकम सञ्चालक समितिबाट निर्णय गरेर दिने कुरा भएको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख गौरव पाण्डेले बताए ।

‘बाँकी ४५ लाख २२ हजार ९ सय ८६ रुपैयाँ साना जलविद्युत उपभोक्ता समिति जुम्लाले लगानी गरेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘उपभोक्ता समितिले गरेको लगानी प्राधिकरणले फिर्ता गर्नेछ । तर, यसबारे केही निर्णय भएको छै ।’

उत्पादित विद्युत्बाट जिल्लाका करिब २ हजार घरधुरी लाभान्वित छन् । नगरपालिका अन्तर्गत उपभोक्ता बढेपछि आयोजनाको क्षमता बढाएर पुनर्निर्माण गरिएको पाण्डले बताए । प्राधिकरणले २०० किलोवाट क्षमतामा २०३७ सालमा निर्माण सुरु गरी २०३९ सालमा आयोजना सञ्चालनमा ल्याएको थियो ।

प्राधिकरणले आयोजना २०५६ सालदेखि जुम्ला साना जलविद्युत् उपभोक्ता समितिलाई भाडामा सञ्चालन गर्न दिएको थियो । जुम्लामा वितरण केन्द्र स्थापना भएपछि करिब २० वर्षपछि २०७७ जेठ १८ गतेदेखि प्राधिकरण आफैंले आयोजना सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit