विद्युत अपडेट

  • प्राधिकरण : ६६०२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४८२१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६०८१ मे.वा.घन्टा
  • आयात : १२०६८ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४२८९७ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१०९ मे.वा.
२०८२ ब‌ैशाख ३०, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । मनकामना दरौँदी हाइड्रो पावर कम्पनी लिमिटेडले गोरखा नगरपालिका–१३ को दरौँदी नदीमा ९.८४ मेगावाटको दरौँदी आंशिक जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गोरखा जिल्लामा अवस्थित दरौँदी नदीमा उक्त आयोजना निर्माण गर्न लागेको हो ।  

२ अर्ब १९ करोड ९५ लाख रुपैयाँको लागतमा आयोजना निर्माण  लागेको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले बताए । उनका अनुसार आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र ३० प्रतिशत स्वपुँजीे लगानी हुनेछ । 

‘सिमलगैरामा विद्युतगृह रहने गरी दरौँदी नदीमा जलविद्युत आयोजना निर्माण गर्न लागिएको हो’, उनले भने, ‘दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।’

‘आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछ’, आयोजनाका इन्जिनियर अनिल नेपालले भने, ‘आयोजनाको जलाधार क्षेत्र ५३६.५४ वर्गकिलोमिटर रहने छ ।

आयोजना निर्माण गर्दा गोरखा–१२, १३ र १४, सहिद लखन गाउँपालिकाका–१, २ र ३ तथा पालुङटार नगरपालिका–३ वडाका गरी आयोजनाले कुल ४४० रोपनी क्षेत्रफल ओगट्ने छ  प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन १२३ रोपनी, २९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।

कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गर्नुपर्ने लगायतका माग सार्वजनिक सुनवाईमा राखेका थिए । 

प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भएलगत्तै विद्युत उत्पादन अनुमतिका लागि विद्युत विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक बलराम केसीले बताए । विभागबाट अनुमति पाएपछि आगामी माघ पहिलो सातादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको पनि कम्पनीले जानकारी दिएको छ । आयोजना निर्माण सुरु भएको साढे २ वर्षभित्र विद्युत उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३