विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलाशय जलविद्युत आयोजनाको १९ प्रतिशत निर्माण पूरा भएको छ । तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको संरचनाकाे यति प्रगति भएको हो ।

अहिले आयोजनाको सुरुङ, विद्युतगृह र प्रसारण लाइन निर्माणको काम धमाधम भइरहेको कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । उनका अनुसार मुख्य सुरुङ ४ ठाउँबाट खन्ने काम भइरहेको छ ।

आयोजनाको सर्ज ट्याङ्कसम्म पुग्ने सुरुङमा पनि काम भइरहेको छ । विद्युतगृहको जग खन्न सुरु गरिएको उनले बताए । ‘लगानीका हिसाबले करिब २३ प्रतिशत रकम आयोजनामा खर्च भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँध बाहेकका सबै संरचनामा अहिले काम भइरहेको छ ।’ 

आयोजनाको विद्युत प्रवाह हुने दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छ । भारतको केइसी कम्पनीले ३६ किलोमिटर लामो प्रसारण लाइनको जग खनिरहेको पनि उनले जानकारी दिए ।

यस्तै, आयोजनाको बाँध क्षेत्रको संरचना निर्माण गर्न अबको २ सातामा ठेक्का सम्झौता हुने भएको छ । इटालियन कम्पनी  सिएमसी दि राभेना सोसाइट को–अपरेटिभसँग भएको पहिलो ठेक्का तोडिएपछि दोस्रो पटक सम्झौता हुन लागेको हो ।

पहिलो प्याकेज अन्तर्गत बाँध क्षेत्रका संरचना निर्माण गर्न ४ कम्पनीको बोलपत्र परेकोमा सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्स्ट्रक्सन नेपाल जेभि छनोटमा परेको थिकेले बताए । छनोटमा परेको कम्पनीसँग सम्झौता गर्ने तयारी पूरा भएको छ ।

‘अहिलेसम्मका ठेक्का सम्झौता भइसक्ने थियो,’ उनले भने, ‘कोभिड–१९ को असरले उनीहरू नेपाल आउन नसक्दा केही ढिलो भयो । हामीले बोलाइसकेका छौं । अबको २ साताभित्र सम्झौता हुन्छ ।’  ठेक्का प्रक्रियामा छनोटमा परेको कम्पनीबाहेक चीनका ३ कम्पनीले पनि प्रतिस्पर्धा गरेका थिए ।

ठेक्का पार्न चाइना गेजुबा ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी), सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेशन लिमेटेडले बोलपत्र पेश गरेका थिए ।

ठेकेदार कम्पनीले पेश गरेको प्राविधिक एवं वित्तीय बोलपत्र आयोजनाको ऋण दाता एसियाली विकास बैंक (एडिबी) को खरिद निर्देशिकाअनुसार मुल्याङ्कन गरेर सक्षम कम्पनी छनोट गरिएको थिकेले बताए । कम्पनीले पहिलो प्याकेजको जिम्मा पाएको इटालियनसँग ठेक्का तोडिएपछि २०७६ बैशाख १२ गते दोस्रो पटक अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरेको थियो ।

आयोजनाको सुरुङ र विद्युतगृहको निर्माण, हाइड्रो एवं इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन कार्यका लागि दोस्रो प्याकेजका लागि चीनको सिनो हाइड्रो कर्पोरेशनले ठेक्का पाएर काम गरिरहेको छ । 

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत ३६ किलोमिटर लामो दमौली–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न भारतको केइसी कम्पनीले काम गरिरहेको छ । 

यो आयोजना २०८० साल चैतभित्र सम्पन्न गर्ने तालिका भए पनि कोरोना महामारीको असरका कारण १ वर्ष धकेलिने थिकेले बताए । अब आयोजनाबाट २०८१ चैतभित्र विद्युत उत्पादन सुरु गरिनेछ ।

आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको व्याजसहित) अनुमान गरिएको छ ।  एडिबी ले १५ करोड अमेरिकी डलर, जाइकाले  १८ करोड ४० लाख डलर, इआइबीले ८ करोड ५० लाख डलर र सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख डलर लगानी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit