विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन ११, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशकसमेत रहेका ऊर्जा विज्ञ प्रबल अधिकारीलाई ‘इपान ऊर्जा ज्योति सम्मान–२०८२’ प्रदान गरेको छ । इपानको २३औँ वार्षिक साधारणसभाको अवसरमा यो सम्मान प्रदान गरिएको हो ।

सम्मानपत्र र १ लाख रुपैयाँ नगद राशीसहित उनलाई सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट इपान उर्जा ज्योती सम्मान २०८२ प्राप्त गर्न पाउँदा आफूलाई विद्युत् क्षेत्रको विकास र प्रवर्द्धनमा थप उत्साहित भई समर्पित भइरहने प्रेरणासहित गौरवान्वित बनाएको बताए ।

आफ्नो छोटो मन्तव्यका क्रममा उनले सरकार र निजी क्षेत्रको सहकार्यबाटै ऊर्जा विकास मार्फत देशको सामाजिक–आर्थिक रूपान्तरणसहितको समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।

इपानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईंकी सुपुत्री स्वर्गीय श्रिनिका गुरागाईंको स्मृतिमा स्थापना भएको ऊक्त सम्मान गत वर्ष पूर्व ऊर्जा सचिव सुमन शर्मालाई प्रदान गरिएको थियो ।

३ करोडको कोष स्थापना

पूर्व सचिव शर्माले मंगलबार उक्त रकममा १ लाख रुपैयाँ थप गरी २ लाख रुपैयाँ इपानले स्थापना गरेको नयाँ ‘इपान कोष’का लागि प्रदान गरेका छन् । इपानले ऊर्जा क्षेत्रको अध्ययन–अनुसन्धानमार्फत ऊर्जा विकासमा सघाउने उद्देश्यले मंगलबार ३ करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ ।

उक्त कोषमा इपानकै सदस्यहरूले समेत आर्थिक सहयोग प्रदान गरेका छन् । 

कार्यक्रममा भोजपुरमा सञ्चालनमा रहेको ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत् आयोजनाले ‘कार्बन क्रेडिट सर्टिफिकेट’ प्राप्त गरेको भन्दै इपानले उक्त आयोजनाको प्रवर्द्धक कम्पनीलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३