विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको बिगू गाउँपालिका–१ मा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको क्रेन चोरी भएको छ । आयोजनाको ठाडो सुरुङमा पेनस्टक पाइप राख्नका लागि ल्याएका करोडौंका क्रेन चोरी भएका हुन् ।

क्रेन चोरी भएको विषयमा अनुसन्धानका लागि आयोजना प्रवद्र्धक अपर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले प्रहरीमा जाहेरी दिएको छ । एक महिनाअघि (जेठ १० गते) आयोजनाको निरीक्षणका क्रममा हेर्दा क्रेन चोरी भएको पत्ता लागेको आयोजनाका एक अधिकारीले पुष्टि गरे ।

‘सुरुङभित्रको क्रेन चोरी भएको देखियो, थाहा हुने वित्तिकै त्यही दिन इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि निवेदन दिएका थियौँ,’ उनले भने, ‘चोरी भएको क्रेन गोंगरडाँडामा रहेको तल्लो ठाडो सुरुङ र माथिल्ला ठाडो सुरुङ जाने अडिट सुरुङभित्र थियो ।’

तल्लो ठाडो सुरुङ (३७३ मिटर) जानका लागि ८ सय मिटर लामो अडिट (सहायक) सुरुङ छ । माथिल्लो ठाडो सुरुङ (३१० मिटर) छिर्न ४ सय ५० मिटर अर्को अडिट सुरुङ छ । ठाडो सुरुङमा २५ टन क्षमताका पाइप झुण्ड्याउने क्षमताको क्रेन काम सकेपछि अडिटभित्रै राखिएको थियो । ठाडो सुरुङको पेनस्टक मर्मत गर्नुपर्ने अवस्थाका लागि ती क्रेन राखिएका थिए ।

मुख्य सुरुङ खन्नका लागि बनाइएका सबै अडिटहरूमा बाहिरबाट ठूला गेट बनाएर ताला लगाइएको हुन्छ । ती सुरुङका काम नभएकाले न्यूनतम ६ महिनादेखि एक वर्षमा मात्रै निरीक्षण गर्ने गरिन्छ । सोही निरीक्षणका दुवै अडिटका गेटको ताला तोडेर सुरुङभित्रका क्रेनका फलाम बाहेकका तामाका केबलहरु काटेर लगिएको फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी युवराज खड्काले केबलहरू काटेको ठाउँमा खिया लागिसकेको हुनाले त्यो चोरी धेरै समयअघि नै भएको हुन सक्ने बताए । ‘लामो समय भइसकेको हुँदा अनुसन्धान जटिल भएको छ,’ इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम तमाङले भने, ‘टोलीले अनुसन्धान गरिरहेको छ ।’

आयोजनाको सुरक्षाका लागि नेपाली सेनाको टोली नै तैनाथ छ । सेनाको गोंगरदेखि केही तल ढाट नै राखेको छ । नेपाल प्रहरीको पनि गोंगर र लामाबगरमा प्रहरी चौकी छ । आयोजनास्थल छिर्ने र फर्किने गाडीलाई सेनाले चेकजाँच गरेरमात्रै छोड्ने गरेको छ तर करोडौं मूल्यको गाडीमै लैजाने क्रेनको केबल नै चोरी हुनु रहस्यमय बनेको छ ।

जलविद्युत् आयोजना निर्माणका क्रममा प्रवद्र्धक कम्पनी र ठेकेदार कम्पनीले ल्याएका उपकरण लगायत कवाडी सामान गत वर्ष नै लिलामी भएर बाहिर लगिसकेको छ । लिलामी हुनु अघि कवाडीकै कारण २ वर्षसम्म सिंगटीदेखि लामाबगरसम्म तनावकै अवस्था सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३