विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चालु आर्थिक वर्ष (आव २०८१/८२) को पहिलो महिना साउनमा इन्डक्सन चुलोसहित भान्सामा खाना पकाउन तथा तताउन प्रयाेग हुने विद्युतीय उपकरणको आयात उल्लेख्य भएको देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनामा इन्डक्सनसहितका विद्युतीय चुलोसहित ८३ हजार ६५ थान यस्ता उपकरण नेपाल भित्रिएका छन् । पछिल्लो सयम नेपालमा विद्युत्को उपलब्धता बढ्दै जाँदा नेपाली भान्सा पनि विद्युत्‌‌मय बन्दै गएको पनि यो तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार साउनमा १६ हजार ७ सय ७३ थान इन्डक्सन चुलो, ४ हजार ८६ थान इन्फ्रारेड चुलो, २५ हजार ४ सय ५७ थान राइस कुकर, १ हजार ७ सय ८ थान माइक्रो ओभन र २४७ थान अन्य प्रकारका विद्युतीय चुलाे आयात भएको छ । 

त्यस्तै, पानी तताउने केत्ली तथा जगलगायतका उपकरण आयात झनै उच्च देखिएको छ । साउनमा कुल २९ हजार १ ४८ थान यस्ता उपकरण भित्रिएका हुन् । यसबाहेक ५ हजार ३ सय ८९ थान चिया तथा कफी पकाउने उपकरण, १ सय ४० थान टोस्टर र ११७ थान रोस्टर भित्रिएका छन् । 

कुल १२ करोड ६२ लाख ८४ हजार रुपैयाँका यस्ता उपकरण भित्रिँदा राज्यलाई २ करोड ६४ लाख ३२ हजार रुपैयाँ राजस्वसमेत प्राप्त भएको छ । 

                           साउनमा भित्रिएका विद्युतीय चुलाेसहितका उपकरणकाे विवरण

नेपालमा खासगरी छिमेकी देश भारत र चीनमा बनेका यस्ता विद्युतीय उपकरणको आयात हुने गरेको छ । छिटफुट रूपमा तेस्रो मुलुकबाट समेत आयात भएको देखिन्छ । 

तुलनात्मक लागतका आधारमा विद्युतीय चुलोबाट खाना पकाउँदा, तताउँदा वा उमाल्दा भान्सा सस्तो बन्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । सयम, लागत र श्रम शक्ति ३ वटै लगानीको बचत हुने भएकोले आम मानिससमेत हाल विद्युतीय चुलोतर्फ आकर्षित हुँदै गएका छन् । तर, विद्युतीय चुलो मध्ये पनि बढी विद्युत् खपत गर्ने 'माटे हिटर' जस्ता उपकरण हाल बजारबाटै विस्थापित भइसकेका छन् । इन्डक्सन र इन्फ्रारेड चुलो जस्ता ऊर्जा किफायती उपकरणले भान्सामा पनि प्राथमिकता पाउँदै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३