विद्युत अपडेट

  • प्राधिकरण : ८८३८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३७०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३७८०३ मे.वा.घन्टा
  • आयात : ४०५ मे.वा.घन्टा
  • निर्यात : १६७९८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६०७५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६०१ मे.वा.
२०८२ साउन ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालबाट भारतीय प्रसारण लाइन हुँदै यस वर्ष पनि बंगलादेश विद्युत् निर्यात सुरु भएको छ । भारतीय ग्रिडमार्फत ४० मेगावाट निर्यातको स्वीकृत पाएअनुसार सोही परिमाण बराबरको विद्युत् निर्यात सुरु भएको हो ।

२०८१ सालको कात्तिक १८ (जुलाई १५) गते पहिलो पटक १२ घन्टाका लागि मात्र भारतीय ग्रिड (४०० केभी ढल्केबर सबस्टेसनबाट भारतको मुजफरपुर, बेहरामपुर हुदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म) हुँदै बंगलादेश निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले यसवर्ष असार १ (जुन १५) गते राति १२ बजेदेखि विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष असोज १७ गते प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड (भारत) बीच विद्युत् निर्यात सम्झौतामा हस्ताक्षर भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले वर्षामा नेपाललाई बढी भएको विद्युतु छिमेकी मुलुक भारतसँगै बंगलादेश निर्यात गर्न पाउनु खुसीको कुरो रहेको बताए । ‘बंगलादेशमा विद्युत निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिको आधार हो,’ उनले भने, ‘नेपालले हरेक वर्ष पाँच महिना बर्खामा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।’

गत वर्ष १२ घन्टामात्र बंगलादेशमा विद्युत् निर्यात भए पनि यो वर्ष पाँच महिनासम्म त्यो सुविधा प्राप्त भएको मन्त्री खड्को भनाइ छ । आजदेखि सुरु भएको बंगलादेश विद्युत् निर्यात आगामी नोभेम्बर १५ सम्म कायम रहने छ । पाँच महिनामा करिब १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार उक्त विद्युत बिक्री बापत नेपालले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् १ अर्ब २९ करोड रुपैयाँ आम्दानी गर्ने छ । बंगलादेश निर्यात हुने विद्युत्को बिक्री दर ६.४० अमेरिकी सेन्ट (करिब ८.८३ रुपैयाँ) प्रतियुनिट रहेको छ ।

यसैगरी, प्राधिकरणले यस वर्ष जेठ १८ गतेदेखि (जुन १) भारततर्फ पनि १८५ मेगावाट विद्युत निर्यातलाई निरन्तरता दिएको छ । शनिबारदेखि निर्यातको परिमाण बढाएर २०० मेगावाट पुर्‍याएको छ । नेपाल–भारत द्विपक्षीय सम्झौता बमोजिम भारत निर्यात दर प्रतियुनिट भारु ५.२५ कायम गरिएको छ । प्राधिकरणले शनिबार राति १२ बजेदेखि नै भारतको बिहार राज्यमा थप ८० मेगावाट निर्यात सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३