विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् खपत गर्न चाहने उद्योग तथा कलकारखानाबाट प्रस्ताव मागेको छ । आगामी दिनमा प्रसारण तथा वितरण क्षेत्रमा निरन्तर र गुणस्तरीय विद्युत् आपूर्तिका लागि यसरी प्रस्ताव मागिएको हो ।

प्राधिकरणले करिब दुई साता अघि सूचना नै निकालेर औद्योगिक क्षेत्रबाट थप लोडका लागि आह्वान गरेको थियो । तर, उद्योगबाट खासै प्रस्ताव नआएपछि पुनः औद्योगिक छाता संगठनहरूसँग समन्वय गरी पत्राचार गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए ।

‘हामीले ७ दिनभित्र चाहिएको लोड स्वीकृतका लागि प्रस्ताव मागेका थियौं तर खासै आवेदन परेनन्,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘त्यसो हुँदा औद्योगिक छाता संस्थासँग परामर्श गरेर पत्राचार गरिएको छ ।’ भोलिका दिनमा भन्नासाथ लोड दिन नसक्ने हुँदा त्यसको पूर्व तयारी, प्रसारण तथा वितरण लाइन सुधारका लागि पनि प्रस्ताव आह्वान गरिएको उनको भनाइ छ ।

प्राधिकरणका अनुसार प्रसारण तथा वितरण प्रणाली सुधार गरी नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न जुनसुकै भोल्टेज लेभलमा नयाँ वा थप लोड लिन चाहने उद्योगी व्यवसायीबाट विवरणसहित आवेदन दिनुपर्नेछ । उद्योगबाट प्राप्त विवरणका आधारमा काम गर्दा भविष्यमा थपिने लोड वा उद्योगलाई चाहिने समयमा तुरुन्तै विद्युत् आपूर्ति बढाउन सकिने न्यौपानेले बताए ।

उद्योगी व्यवसायीहरूले उद्योगको नाम, ठेगाना र सम्पर्क नम्बर, उद्योग रहेको स्थानको ठेगाना र सम्पर्क, सम्बन्धित प्राधिकरणको स्थानीय कार्यालय (वितरण केन्द्र), माग गरेको लोड, एमभिए र भोल्टेज केभी खुलाएर प्रस्ताव पेश गर्नुपर्नेछ । यस्तै, सम्लाई (आपूर्ति) कनेक्सन चाहिने मिति, उद्योगको पूर्वाधार निर्माणको अवस्था र सम्पन्न हुने मिति तथा विद्युत् आपूर्तिका लागि आवेदन गरे÷नगरेको, गरेको भए मिति पनि उल्लेख गर्नुपर्नेछ ।

उल्लेखित विवरण खुलाएर चाहिएको लोडका लागि प्रस्ताव पेश गर्न भन्दै प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, विशेष औद्योगिक क्षेत्र प्राधिकरण लगायतका निकायलाई पत्राचार गरेको छ । तर, अहिलेसम्म उद्योग वा उद्योगका ती छाता संगठनबाट खासै प्रतिक्रिया नआएको न्यौपानेले जानकारी दिए ।

प्राधिकरणले पूर्वदेखि पश्चिमसम्मका उद्योगको लोड वा थप विद्युत् खपत हुने अवस्थाको अध्ययन पनि गरिरहेको छ । अहिले औद्योगिक क्षेत्रमा करिब ३५० मेगावाट विद्युत् खपत हुने गरेको अनुमान छ । साथै, थप ५०० मेगावाट माग रहेको तर प्राधिकरणले पुर्याउन नसकेको भन्ने तथ्यांक छ । तर, कुन क्षेत्रमा कति लोडको माग छ भन्ने विवरण भने स्पष्ट आएको छैन ।

अहिले प्राधिकरणको प्रणालीमा करिब १४–१५ सय मेगावाट विद्युत् उपलब्ध छ । तर, माग १२–१३ मेगावाट हाराहारी छ । चालू आर्थिक वर्षको हिउँदमा उच्च माग करिब १४७० मेगावाट पुगेको थियो । अबको केही वर्षभित्रै प्रणालीमा करिब २ हजार मेगावाट थपिने प्रक्षेपण गरिएको हुँदा प्राधिकरणले माग बढाउन हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने देखिएको छ ।

आह्वानअनुसार प्रस्ताव प्राप्त नभए प्राधिकरणले उद्योगी व्यवसायीको उद्योग क्षेत्रमै गएर लोड बढाउन दबाब, सहजीकरण, समन्वय र सहयोग गर्ने योजना पनि गरेको छ । प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाउन एउटा टास्क फोर्स नै गठन गरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit