काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका ६ ठाउँमा ५ दिनसम्म दैनिक ४ घन्टा विद्युत् कटाैती गर्ने भएकाे छ । कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्र आतर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् अवरुद्ध हुने भएकाे हाे ।
प्राधिकरणका अनुसार हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । जेठ १३ गते साँखु फिडर अन्तर्गत साँखु बजार र चौमती फिडर अन्तर्गत छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । साथै, जेठ १४ गते केएमसी र ओल्ड एयर्पोट फिडर अन्तर्गत सुविधा नगर, सिनामगंल र भीमसेनागोला क्षेत्रमा अवरुद्ध हुनेछ ।
यसैगरी, जेठ १६ गते कालीमाटी फिडर अन्तर्गत सोल्टीमोडदेखि कलंकी क्षेत्रमा र १७ गते रोपवे फिडरअन्तर्गत मैत्रीनगर र ट्याङ्लाफाँट क्षेत्रमा विद्युत् अवरुद्ध रहने छ । त्यस्तै, जेठ १८ गते मूलपानी फिडर अन्तर्गत फिकल चोकदेखि बाबा चोकसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जानकारी गराएको छ ।