विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा १२ जलविद्युत कम्पनीले १ अर्ब ७५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । आर्थिक वर्षको साउनदेखि चैतसम्म (तेस्रो त्रैमासिक) सम्मको अवधिमा जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेका कम्पनीले विद्युत बिक्रीबाट यति मुनाफा आर्जन गरेका हुन् ।

बुधबार (बैशाख २९) गतेसम्ममा १४ जलविद्युत कम्पनीले तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा १२ कम्पनीले मात्रै मुनाफा आर्जन गर्न सकेका छन् । 

यी कम्पनीको वित्तीय रिर्पोट अनुसार १ अर्ब ७५ करोड २३ लाख ९८ हजार खुद नाफा कमाएको देखिन्छ । यी सबै जलविद्युत कम्पनीले बितेको ९ महिनामा आर्जन गरेको मुनाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने कम हो ।

यी कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब १० करोड ५६ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।यो वर्ष सुख्खायममा लामो खडेरी परेकाले विद्युत उत्पादनमा कमी आउँदा यी कम्पनीले आर्जन गर्ने खुद मुनाफा पनि घटेको हो ।

मुनाफा आर्जन गर्नेमध्ये चिलिमे जलविद्युत कम्पनीले सबैभन्दा अगाडि छ । २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालन गरिरहेको कम्पनीले ९ महिनामा ५१ करोड २ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

कम्पनीले आर्जन गरेको मुनाफा गत वर्षको यही समयअवधिको तुलनामा भने कम हो । गत वर्ष ५२ करोड ५६ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने गत वर्षको तुलनामा बढेको छ । कम्पनीले विद्युत बिक्री गरी ८० करोड ९२ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ८० करोड ३७ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

बुटवल पावर कम्पनीको खुद नाफा पनि गत वर्षको तुलनामा घटेको छ । कम्पनीले साउन यता ४५ करोड ८६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष ८९ करोड ५९ लाख १ हजार रुपैयाँ मुनाफ कमाएको थियो ।

कम्पनीको सेयर रहेको ६० मेगावाटको खिम्तीको आधा स्वामित्व प्राधिकरणमा गएपछि त्यहाँबाट हुने आम्दानी घटेकाले खुद नाफामा पनि गिरावट आएको हो । कम्पनीले चालू आर्थिक वर्षमा ९.८ मेगावाटको आधिखोला र १२.५ मेगावाटको झिमरुक खोलाको विद्युत बिक्री गरी ५१ करोड ११ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ५५ करोड ७७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सानिमा माई हाइड्रोपावरले ३४ करोड २ लाख ३७ हजार ३ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ३१ करोड १८ लाख ६२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीले २२ मेगावाटको माई खोलाको विद्युत बिक्री गरी ६६ करोड ३६ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ६७ करोड १ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

रूरू जलविद्युत परियोजनाले पनि ६ करोड १३ लाख १२ हजार एक सय रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको नाफा भने गत वर्षको तुलनामा बढेको छ । गत वर्ष ५ करोड ४३ लाख ४९ हजार ४ सय रुपैयाँ खुद नाफा कमाएको थियो । 

५ मेगावाटको हुग्दी खोला जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट १२ करोड २ लाख ९५ हजार ७ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ११ करोड ७० लाख ९२ हजार ९ सय रुपैयाँ आम्दानी गरेको थियो ।

युनाइटेड इदी मर्दी एण्ड आरबी कम्पनीले पनि १ करोड ७९ लाख १८ हजार ३ सय रुपैयाँ खुद नाफा कमाएको छ । ७ मेगावाटको माथिल्लो मर्दी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडि विद्युत बिक्री गर्न थालेपछि गत वर्ष करिब १ करोड २८ लाख ४ हजार २ सय रुपैयाँ घाटामा रहेको कम्पनी यो वर्ष मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले विद्युत बिक्रीबाट १० करोड ६ लाख १७ हजार ३ सय रुपैयाँ आम्दानी गरेको छ । 

यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको छ । कम्पनीले तेस्रो त्रैमासिकसम्म ७ करोड १३ लाख २५ हजार ८ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ५ करोड ८६ लाख १९ हजार ६ सय रुपैयाँ खुद नाफा कमाएको थियो ।

यही अवधिमा ३ मेगावाटको पिलुवा खोलाको विद्युत बिक्री गरी ४ करोड २५ लाख ३७ हजार ६ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ५ करोड ४७ लाख ४४ हजार ७ सय रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, अपि पावरले १२ करोड ६२ लाख ६७ हजार ६ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ६ करोड ६ लाख ५८ हजार ७ सय रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले १६.५ मेगावाटको नौगाड र माथिल्लो नौगाडको विद्युत बिक्री गरी २८ करोड ८१ लाख १७ हजार ७ सय रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ४ करोड ५७ लाख ६७ हजार ९ सय रुपैयाँ बढी हो । गत वर्ष २४ करोड २३ लाख ४९ हजार ७ सय रुपैयाँ आम्दानी गरेको थियो ।

राधी विद्युत कम्पनीले ६ करोड २६ लाख २४ हजार ५ सय रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ५ करोड ७४  लाख ४६ हजार २ सय रुपैयाँ मुनाफा आर्जन गरेको थियो । कम्पनीको नाफा बढे पनि विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । कम्पनीले निर्माण गरेकाे ४ मेगावाटकाे राधी जलिवद्ुत केन्द् सञ्चालनमा छ ।

कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ४७ लाख ३२ हजार ६ सय रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष १२ करोड १६ लाख १ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो । 

युनियन हाइड्रो पावरले ८९ लाख ६७ हजार ८ सय रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष ७७ लाख ८८ हजार ४ सय रुपैयाँ कमाएको थियो । विद्युत बिक्री गरी ५ करोड ४५ लाख ६९ हजार ४ सय रुपैयाँ आम्दानी गरेको छ । 

माउन्टेन इनर्जी नेपालले ४ करोड ९९ लाख ९६ हजार ९ सय रुपैयाँ खुद नाफा कमाएको छ । यही अवधिमा विद्युत बिक्रीबाट ९ करोड ४३ लाख ९ हजार ३ सय रुपैयाँ आम्दानी गरेको गरेको छ । कम्पनीले कमाएको खुद नाफा र विद्युत बिक्रीबाट भएको आम्दानी गत वर्षको यहीअवधिको तुलनामा भने कम हो । 

पाँचथर पावर कम्पनले २ करोड ९५ लाख ४६ हजार ७ सय र बरुण हाइड्रोपावरले ५२ लाख ७२ हजार १ सय रुपैयाँ खुद नाफा कमाएका छन् । दुवै कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ । 

पाँचथर पावरले १४.९ मेगावाटको हेवा खोला–ए को विद्युत बिक्री गरी २६ करोड ७१ लाख ५० हजार ५ सय रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष ३० करोड ७१ लाख ५५ हजार ८ सय रुपैयाँ आम्दानी गरेको थियो ।

बरुण हाइड्रोवावरले ४.४५५ मेगावाटको हेवा खोलाको विद्युत बिक्री गरी ४ करोड ५८ लाख २२ हजार १ सय रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ६ करोड ५५ लाख ८६ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । 

अहिलेसम्म सार्वजनिक भएका वित्तीय विवरणअनुसार अप्पर तामाकोसी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनी घाटामा देखिन्छन् । सान्जेन करिब २ करोड १२ लाख ६० हजार रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले  रसुवामा ५७.३ मेगावाटको दुई जलविद्युत आयोजना निर्माणाधीन छन् । 

यस्तै, अप्पर तामाकोसीले करिब ३ करोड ५० लाख २८ हजार ६ सय रुपैयाँ घाटा व्यहोरेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गत वर्ष यही अवभिमा करिब ४ करोड ४४ लाख ९६ हजार ४ सय रुपैयाँ घाटामा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दोलखामा निर्माण गरीरहेको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । सबै युनिटबाट विद्युत उत्पादन सुरु गर्न अझै ४ महिना लाग्ने कम्पनीले जनाएको छ ।

सान्जेन र तामाकोसीले निर्माण गरिरहेका जलविद्युत आयोजना सम्पन्न भई विद्युत उत्पादनको चरणमा पुगिनसकेकाले वित्तीय विवरण ऋणत्म देखिएको हो । निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भएपछि यी कम्पनीको वित्तीय विवरण पनि धनात्मक देखिनेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit