विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाको काम ९३.१६ प्रतिशत पूरा भएको छ । कम्पनीले २०७० सालदेखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको सबै संरचनाको काम एक साथ भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको सिभिल संरचनाको काम ९५.६ प्रतिशत पुरा भएको छ । अहिले विद्युतगृहको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकल उपकरण जडानको काम भइरहेको छ इलेक्ट्रोमेकानिकलको काम पनि ८३.१ प्रतिशत पूरा भएको छ ।

३६३० मिटर लामो सुरुङ मार्गको काम पनि अन्तिम चरणमा पुगेको छ । सुरुङमार्गको बाँकी काम र १०८१ मिटर लामो पेनस्टक पाइप जडानको काम दुई महिनाभित्र पुरा गर्ने लक्ष्य रहेकाे जनाइएको छ ।

आयोजनाको सबै काम पूरा गरेर मंसिरभित्र उत्पादन थाल्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ । निर्माण पूरा भएपछि उत्पादित विद्युत २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको चिलिमे हब–सबस्टेसनमा जोडिनेछ । सबस्टेसन सम्मको आवश्यक प्रसारण लाइनको काम भने पुरा भइसकेको छ ।

आयोजना निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो, तर निर्माणमा ढिलाइ, डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्न सक्ने कम्पनीले जनाएको छ ।

यही कम्पनीले १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । यो आयोजनाको विद्युत साउन २० गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : सान्जेन खोला जलविद्युत आयोजना

प्रवर्द्धक : सान्जेन जलविद्युत कम्पनी लिमिटेड

आयोजनास्थल: रसुवा

क्षमता: ४२.५ मेगावाट

निर्माण सुरु भएको मिति: २०७० साल

सुरुङ: ३६३० मिटर

पेनस्टक पाइप: १०८१ मिटर 

विद्युत जोडिने विन्दु: चिलिमे हब–सबस्टेसन

अनुमानित लागत:  ५ अर्ब २ करोड ४२ लाख

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३